इटहरीः पुस १ गतेदेखि प्रदेश नम्बर १ मा ट्रिपर सञ्चालनमा समयसीमा तोकिए पनि निषेधित समयमा सञ्चालन हुने ट्रिपरलाई नियन्त्रणमा लिई चालकलाई सम्झाइबुझाइ छाडिने गरेको छ ।
सोही क्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले मोरङको बुढीगंगा र उर्लाबारीमा निषेधित समयमा सञ्चालन भएका ट्रिपरलाई रोकी चालकलाई प्रशिक्षण दिएको छ ।
कार्यालयका अनुसार बुढीगंगा गाउँपालिकाको नेमुवा र उर्लाबारीमा ट्रिपरलाई नियन्त्रणमा लिई सचेतनामूलक कार्यक्रम चलाइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।