राजन भट्टराई 

रामधुनीः आइतबार इटहरीमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औ स्थापना दिवस सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सहकारीको सेयर सदस्य रहि सहयोग गर्ने सहयोगी संस्था र व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।

उक्त कार्यक्रममा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष  चुडामणि लम्साललाई सहकारी अभियान्ता पुरस्कार २०७८ ले सम्मानित गर्दै संस्थामा सेयर सदस्य रहि नियमित बचत कर्ता, ऐछिक बचत कर्ता, असल ऋणी,उत्कृस्ट बाल बचत, असल जेष्ट नागरिक बचत,सेयर सदस्य बिस्तारमा सहयोग गर्ने सदस्य, सबै भन्दा बढी खाता खोल्ने सदस्य , उत्कृष्ट कृषक सदस्य, उत्कृष्ट उद्यमी सदस्य, उत्कृष्ट लघुवित्तिय सदस्य, लगायतका झन्डै तीन सय सदस्यलाई पुरस्कृत गरेको हो । संस्थाले प्रमाणपत्र,करुवा सहित उनिहरुलाई पुरस्कृत गरेका हो ।

313500297_1528633900988338_7291298164796834012_n

तत्कालीन अवस्थामा इटहरी र खनारलाई कार्य क्षेत्र बनाएर संस्थाले कारोबार सुरु गरेपनि हालसम्म आइपुग्दा इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराह नगरपालिकासम्म सेवा बिस्तार गरिसकेको छ ।

२०५२ कार्तिक १३ गते ३४ जना सदस्यले प्रति ब्यक्ति ५० रुपियाँका दरले १ हजार ७ सय उठाएर बचत सुरुगरेको संस्थाले २७ औ स्थापना दिवस सम्म आइपुग्दा १८ हजार भन्दा बढी सेयर सदस्य भैसकेको संस्थापक अध्यक्ष चुडामणि लम्सालले बताए ।

उनले भने –‘भैंसी किन्न ऋण लिन कृषि बिकास बैंक जादा बैंकले ऋण दिएन अनि मैले अन्य गाउँले दाजुभाइ दिदीबहिनीलाई पनि यस्तै समस्य नहोस भनेर किसानको संरक्षण गर्ने संस्था संचालनमा ल्याएको हो ।’

संस्थापक अध्यक्ष लम्सालले यसले धेरै किसानको हितमा काम गरेको र आगामी दिनमा अन्य स्थानहरुमा सेवा बिस्तार गरि सेवा  दिदै अगाडि बढ्ने आशा ब्यक्त गरे । उनले  किसानले मेहनत गरेर जम्मा गरेको रकमको सरकारले बढी कर लिने गरेको भन्दै यो नियम हटाउनुपर्ने माग पनि गरे  ।

313394805_3350035155318363_6674901647867293290_n

कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले प्रदेशमा झन्डै पाँच हजार भन्दा बढी सहकारी दर्ता भएकोमा सुनसरी जिल्लामा अर्बौको कारोबार गर्ने एक मात्र सहकारी किसान कल्याण रहेको भन्दै आगामी दिनमा पनि यसको विकास निरन्तर अगाडि बडोस् भन्दै शुभकामना दिए । 

अरुण उपत्यका संस्कृति केन्द्रको अनुसन्धानका अध्यक्ष समेत रहेका रजिस्ट्रार खत्रीले गीत गाएर कार्यक्रममा उपस्थिति बचत कर्ता, अन्य अथिति तथा कर्मचारीलाई नचाएका थिए ।

313205803_519557219727360_5471824589826773592_n

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष शालिकग्राम ढकालले संस्था नीति,विधि र प्रविधिले सञ्चालन भैरहेको  जनाउँदै अथिति, सल्लाहकार र बचत कर्ताले दिएको सुझावलाई आगामी दिनहरुहा पालना गर्दै अगाडि बड्ने बताए । उनका अनुसार संस्थाले आठ वटा केन्द्रबाट सेवा दिइरहेको बताए ।

 पछिल्लो समय विश्वब्यापी रुपमा देखिएको कोरोना कहरले कतिपय संस्था उठ्नै नसक्ने गरि थला परेपनि किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भने त्यस्तो समस्या नआएको उनको भनाइ छ । अध्यक्ष ढकालले आगामी मंसिर आठ गते देखि १४ गतेसम्म हुने संस्थाको साधारणसभामा सबै सेयर सदस्यलाई उपस्थिति हुन अनुरोध समेत गरेका छन् ।