विराटनगरः मोरङको विराटनगर–१५ बाट प्रहरीले मङ्गलबार अन्दाजी २ लाख २४ हजार १ सय ४६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको बताएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको किराना समान, १५ थान कोट, १० थान कुर्ता सुरुवाल लगायत खाद्यान्न सामान बरामद गरेको थियो ।
बरामद भएको सामान आवश्यक कानुनी प्रक्रियापछि आजै विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।