इटहरीः बैँकको व्याजदरकै कारण व्यापार व्यावसाय सञ्चालनमा समस्या भएको भन्दै रामधुनी नगरक्षेत्रका उद्योगी तथा व्यापारीहरुको छाता संगठन झुम्का उद्योग वाणिज्य संगले झुम्काका बैँक तथा वित्तीय संस्थामा ज्ञापन पत्र बुझाएका छन् । 

उद्योग वाणिज्य संघ झुम्काका अध्यक्ष धर्मेन्द्र साहको नेतृत्वका व्यावसायीहरुले झुम्काको नविल बैँक, सेन्चुरी कमर्सियल बैँक, एनएमवि बैँक लगायतका बैँक तथा वित्तीय संस्थामा ज्ञापन पत्र बुझाएका हुन । 

बैँकिङ्ग क्षेत्रमा देखिएको अस्थितरका कारण उद्योगी व्यावसायीहरु पलायन हुने अवस्था आएकाले यसलाई जोगाउने वातावरण सिर्जना गर्न उद्योगीहरुको आग्रह छ । 

312251523_2634765409999500_5997738708242205283_n

संघले बुझाएको ज्ञापन पत्रमा कर्जामा बढेको व्याजदरका कारण व्यावसायीलाई बैँकको किस्ता बुझाउन र व्यावसाय चलाउन समस्या भएको उल्लेख गरिएको छ । संले १८ बुँदे ज्ञापनपत्र बैँक तथा वित्तीय संस्थालाई बुझाएका छन् । 

यसैगरी इटहरीका उद्योगी तथा व्यावसायीले आज २३ गते कार्तिक बैँक तथा वित्तीय संस्थालाई चर्को व्याजको विरुद्ध ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।