धरानः आन्तरिक राजस्व कार्यालय धरानले एघारौँ राष्ट्रिय कर दिवस मनाउन सुरु गरेको छ ।
प्रत्येक वर्ष बनाउने दिवसको ‘स्वच्छिक सहभागिता सहितको कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ नारा रहेको छ । बुधबार धरान नगर परिक्रमासहित दिवस मनाउन सुरु गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय धरानदेखि भानुचोक, माछाभौडी, पुरानो बजार हुँदै आन्तरिक राजस्व कार्यालयसम्म प्रभात फेरी गरिएको थियो । कार्यक्रमको उद्घाटन धरान नगर प्रमुख हर्कराज राईले गरे ।
आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्द आचार्यअनुसार आम चुनावका कारणले ७ दिनसम्मको दैनिक कार्यक्रम नगरेको बताए । उनले मङ्सिर ६ गते ब्याडमिन्टन र म्युजिकल चियर प्रतियोगिता गर्ने बताए ।
मङ्सिर ७ गते प्रतियोगिताका विजेता, धनकुटा, भोजपुर, सङ्खवासभालगायत सेवा क्षेत्रका अधिकतम् कर योगदान गर्ने करदातालाई पुरुस्कृत र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।