इटहरीः  आइतबार हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन पछि मतगणनाको कार्य जिल्ला सदरमुकाम इनरुवाको शिक्षा तालिम केन्द्रमा हुने भएको छ । 

सबै मतदान स्थलबाट मतपेटिका संकलन गरेपश्चात सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य र २ क र ख को प्रदेश सभा सदस्यको मतगणना शिक्षा तालिम केन्द्रमा हुने निश्चित भएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिएका छन् । 

ढिलोमा आइतबार साँझ ८ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने सुनसरी जिल्ला प्रशासनको आंकलन छ ।