इटहरीः सुनसरी जिल्लाको चारवटै निर्वाचन क्षेत्रका करिव ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय सुनसरीले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यलय सुनसरीका  अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमै करीब ६५ प्रतिशत मत खसेको हो ।

आज (आइतबार) भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाभर खसेको मतको विवरण प्राप्त भइनसकेपनि ६५ प्रतिशत मत खसेको अनुमान प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका छन् । 

मतदानको संख्या आउन ढिला हुने यादवको भनाई थियो । जिल्लाका सबै मतदान केन्द्रबाट मतपत्र आइसकेपछि आज राती नै सर्वदलिय बैठक बसेर मतगणना शुरु हुने प्रजिअ यादवले जानकारी दिए । 

प्रारम्भिक जानकारी अनुसार सुनसरी क्षेत्र नं १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लामा ५ लाख ४४ हजार मतदाता छन् । 

मतपेटिका संकलन भइसकेपछि सुनसरी १ को मतगणना धरानस्थित सभागृहमासुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने जिल्ला निर्वाचन कार्यलय सुनसरीले बताएको छ ।