इटहरीः आइतबार भएको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । हालसम्मको ताजा मत परिणाम अनुसार नेकपा एमाले ६ स्थानमा अगाडि देखिएको छ ।
एमालेको तर्फबाट प्रतिनिधिसभा तर्फ ललितपुर १ मा उम्मेदवारी दिएका नवराज सिलवाल , ललितपुर २ मा एमालेकै प्रेम बहादुर महर्जन, ललितपुर–३ मा एमालेकै अमृत खड्का अगाडि देखिएका छन् ।
त्यसैगरि एमालेकै तर्फबाट प्रतिनिधिसभामा धनुषा ३ बाट उम्मेदवारी दिएकी जुलीकुमारी महतो , झापा –२ बाट उम्मेदवारी दिएका देवराज घिमिरे र बाँके–३ बाट उम्मेदवारी दिएका किस्मत कक्षपति अगाडि देखिएका छन् ।
हालसम्म परिणाम हेर्दा नेपाली कांग्रेले ३ स्थानमा अग्रता लिएको छ । कांग्रेसका तर्फबाट मुस्ताङबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका योगेश गौचन थकाली, झापा ३ बाट उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौला र भक्तपुर २ बाट उम्मेदवारी दिएका दुर्लभ थापा अगाडि छन् । सिटौंलाको पछि राप्रपाका राजेन्द्र लिङदेन छन् भने थापाका पछाडि एमालेका युवा नेता महेश बस्नेत छन् ।
त्यसैगरि छोटो समयमा पनि गतिलो पार्टी स्थापित हुने निश्चित भएको रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी २ स्थानमा अगाडि देखिएको छ । सो पार्टीका तर्फबाट कास्की २ बाट प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएका माधवप्रसाद कँडेल र काठमाडौं ७ बाट उम्मेदवारी दिएका गणेश पराजुली अगाडि देखिएका छन् ।