धरानः सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा तर्फको जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि देखिएका छन् । 

पछिल्लो ताजा मतपरिणाम अनुसार सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा तर्फको धरान उपमहानगरपालिका वडा नम्बर १, २ र ३ को ५०३३ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन तामाङले ९७३ मत प्राप्त गरेका छन् । 

उनको पछिपछि  राप्रपाका अशोक अविरल राई देखिएका छन् । उनले ९५१ मत ल्याएका छन् । दुवै जनालाई स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले पछ्याईरहेका छन् । उनले ९१० मत प्राप्त गरेका छन् । एमाले समेतको साथमा सो क्षेत्रबाट चुनाव लडेका जसपाका अशोक राईले ७८५ मत प्राप्त गरेका छन् । 

सत्ता गठबन्धनका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ७४६ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा मतगणना जारी नै छ ।