इटहरीः सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रचिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार १ सय ४ मतले पछि परेका छन् ।
मतगणनाको शुरुवातीमा अग्रता लिएका उनि पछिल्लो मतगणनामा एमालेका तर्फबाट उम्मेदवार बनेका जगदिश कुसियैतसँग पछि परेका हुन् ।
शेरधन राई १ नम्बर प्रदेशका मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बनेका कुसियैतले ८१४३ मत प्राप्त गर्दा हाल नेपाल सरकारका सञ्चारमन्त्री रहेका कांग्रेसका कार्कीले ७०३९ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मतगणना जारी नै छ ।