विराटनगरः बुधबार साँझ लागूऔषध सहित प्रहरीले विराटनगर–४ महेन्द्र चोकबाट १ जना युवकलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सुनसरीको धरान–१५ का २२ वर्षीय विकास साहलाई पक्राउ गरेको हो । साँझ साढे ५ बजेको समयमा शङ्कास्पद अवस्थामा हिँडिरहेका साहलाई जाँच गर्ने क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट एभिल ४० एम्पुल, डाइजेल्याब ३९ एम्पुल र लुपिजेसिक ३८ एम्पुल फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद लागूऔषधसहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।