इटहरीः सुनसरी जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमध्ये  निर्वाचन क्षेत्र नम्बर ४  मा संघ र प्रदेश दुवै क्षेत्रमा जितेर अस्तित्व क्लिन स्वीप हुनबाट जोगिएको छ । 

क्षेत्र नम्बर ४ को प्रतिस्पर्धात्मक मतगणनामा ११२ को झिनो मतान्तरले संघ अर्थात प्रतिनिधि सभामा कांग्रेसका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्कीले जित निकाले भने प्रदेश सभाका दुवै सिट समेत  नेपाली कांग्रेसले  आफ्नो पोल्टामा पार्न सफल भएको छ । 

सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभा सदस्यमा उमेरद्वार बनेका नेपाल सरकारका सञ्चार तथा सुचना एवम कानुन मन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा नेकपा एमालेमा उमेरद्वार कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

 ०७४ को निर्वाचनमा कार्की यही क्षेत्रबाट नेकपा एकालेका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतले पछि पार्दै निर्वाचित भएका थिए । अहिले गठबन्धन हुँदा पनि कार्कीलाई जित हासिल गर्न निकै हम्मे पर्यो । झिनो मतान्तरको फरकमा चलेको मतगणनाले जित र हारको आंकलन गर्न निकै कठिन बन्यो । 

315519352_809219960179501_7419991813835080661_n

लोकतान्त्रिक गठबन्धनले प्रदेश सभातर्फको निर्वाचन क्षेत्र ४ क पनि जित हासिल गरेको छ  । एमाले गठबन्धन तर्फबाट जनता समाजवादी  पार्टीका उम्मेदवार बनेका पर्शुराम बस्नेतलाई पराजित गर्दै नेपाली काङ्ग्रेसका उम्मेदवार षडानन्द मण्डल निर्वाचित भएका हुन । मण्डलले बस्नेतलाई ३ हजार १६८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन क्षेत्र ४ ख मा पनि काङ्ग्रेसले जित निकालेको छ । काङ्ग्रेस तर्फबाट उम्मेदवार बनेका  डा. इस्राईल मन्सुरीले नेकपा एमालेका अब्बास अंसारीलाई दुई हजार १४६ मतान्तरले पछि पार्दै जित हात पारेका हुन ।

काङ्ग्रेसका मन्सुरीले १४ हजार ३५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अब्बास अंसारीले १२ हजार २१२ मत प्राप्त गरेका थिए ।