विराटनगर: मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले अन्दाजी १ लाख ६६ हजार ४ सय ७३ रुपैयाँ मूल्यबराबरको अवैध सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट र सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा खाद्यान्न, लत्ताकपडा, किराना सामान, साइकल र रजनीगन्धा बरामद गरेको जनाएको छ ।
बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रियापश्चात् विराटनगर भन्सार कार्यालय रानीमा बुझाइने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।