प्रकाश बन्जारा 

इटहरीः लामो समय रेमिट्यान्सका क्षेत्रमा काम गरेका युवा इश्वर अधिकारीलाई इसेवा मनि ट्रान्सफरले युएईको लागि रिलेसनसिप म्यानेजरको रुपमा नियुक्त गरेको छ । 

रेमिट्यान्स कम्पनी आईएमईमा १३ बर्ष लामो अनुभव संगालेका अधिकारीलाई ईसेवा मनि ट्रान्सफरले संयुक्त अरव इमिरेट्स युएईका लागि रिलेसनसिप म्यानेजरको रुपमा भित्राएको हो ।

 रेमिट्यान्स सम्बन्धि सम्पुर्ण कामहरु गर्ने आईएमईबाट आफुले धेरै कुराहरु सिक्ने र जान्ने अवसर पाएको भन्दै अधिकारीले आईएमईलाई धन्यवाद दिएका छन् ।  

आईएमईलाई धन्यवाद दिँदै अधिकारीले रेमिट्यान्स सम्बन्धि सम्पुर्ण कामहरु गर्न आफुले आईएमईबाटै सिक्ने र जान्ने अवसर पाएको बताए ।  आईएमईलाई आफ्नो लागि  रेमिट्यान्सको सम्पुर्ण धरातल सिक्ने स्कुल भन्दा पनि फरक नपर्ने अधिकारीको भनाई छ ।   

इसेवा मनि ट्रान्सफर अहिलेको अवस्थामा दुर्त रुपमा  विकास हुँदै गइरहेको कम्पनी भएकाले पनि आफ्नो अनुभवलाई सदुपयोग गर्न आफुले इसेवा मनि ट्रान्सफरमा फड्को मारेको अधिकारीको भनाई छ ।   

जुम्लामा जन्मे हुर्केका अधिकारी काठमाण्डौको बालाजुमा बस्दै आएका थिए भने पाँच बर्षदेखि खाडी मुलुक भनेर चिनिने युएईको दुवई शहरमा बस्दै आईएमईको सिनियर अधिकृतको रुपमा काम गरिरहेका थिए । 

आईएमईमा स्थापना कालदेखि नै अर्थात २०६६ बाट काम गर्न थालेका अधिकारीले सुरुवाती समयमा काठमाण्डौको केन्द्रिय कार्यलयमा रहेर अपरेसन तथा विजनेस डेभलपमेन्ट बिभागमा काम गरेका थिए भने पछिल्लो पाँच बर्षदेखि युएईमा आईएमईकै सिनियर अधिकृतको रुपका काम गर्दै थिए । 

320756668_564033108387669_4378824947017851205_n

विदेशबाट नेपालमा पैसा पठाउँदा लिगल च्यानल अर्थात बैधानिक तवरबाटमात्रै पठाउनु पर्छ भन्ने नारालाई सार्थक बनाउन अहोरात्र खटिने अधिकारी युएईको नेपाली समुदायमा लोकप्रिय पात्रको रुपमा चिनिन्छन् ।  

नेपालीहरुको दुखमा मात्रै होइन सुखमा पनि साथ दिँदै कहिले स्वागत तथा कहिले विदाई गर्न पुगिहाल्ने अधिकारीलाई ३ बर्ष पहिला स्थापना भएर विकसित रुप लिँदै गरेको इसेवा मनि ट्रान्सफरले रिलेसनसिप म्यानेजरको रुपमा नियुक्ति गरेपछि आफ्नो भुमिका नेपाली समुदायमै इसेवालाई मनि ट्रान्सफर प्रमोट गर्ने रहने अधिकारीले बताए ।  

इसेवा मनि ट्रान्सफर नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी तथा एफवान सफ्ट ग्रुप अन्तर्गत को रेमिटेन्स कम्पनीको रुपमा सन्चालित नेपालको सबैभन्दा द्रुत गतिमा विकास हुने रेमिट्यान्स कम्पनी मध्ये एक मनि ट्रान्सफर कम्पनी हो ।  

युएईमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा लुलु एक्चेन्ज, अलफर्दान एक्चेन्ज, इमिरेट्स इण्डिया एक्चेन्ज, अल अन्सारी एक्चेन्ज, मनिग्राम, रिया मनि ट्रान्सफरबाट पैसा पठाउन र सिधै आफ्नो तथा आफन्तको नाममा रहेको नेपालको खातामा पैसा हाल्न सक्छन् साथै  इसेवा वालेटमा रकम हालेर मोवाइलमै प्राप्त गर्न सक्ने सुविधा समेत दिएको जनाएको छ ।  हालै इ सेवा मनिट्रान्सफरले मेरो डिजिटल देश भन्ने नारा सहित असोज ७ गतेदेखि आगामी चैतको ६ गतेसम्म ६ महिला लामो अभियान सुरु गरेको छ ।

 विश्वको जुनसुकै देशमा रहेका नेपालीले पनि इसेवा मनि ट्रान्सफर  मार्फत सिधै आफ्नो प्रिय पात्रको नाममा रकम ट्रान्सफर गर्न सक्ने र मनि ट्रान्सफरमार्फत आफ्नो र आफन्तको खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

 यसरी इ सेवा मनि ट्रान्सफर मार्फत खातामा  पैसा पठाउने तथा ईसेवा वालेटमा रकम जम्मा गर्ने  ग्राहकले हरेक महिना सरप्राइज उपहार पाउने कम्पनीले बताएको छ । अवधिभरको एक जना भाग्यशाली ग्राहकले काठमाण्डौ उपत्यकाभित्र एउटा सुन्दर घर समेत उपहारमा पाउने कम्पनीको भनाई छ ।  

नव नियुक्त रिलेसनसिप म्यानेजर अधिकारीले आफुले हरेक ग्राहकलाई चुस्त र दुरुस्त सेवाको प्रत्याभुति दिने बताए । उनले इसेवा आफैँमा एउटा ब्राण्ड भइसकेकाले सहि सुचना र ढुक्क सेवा दिएर युएईमा रहेका नेपाली माझ आफुलाई राखिराख्ने बताए ।