तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको २४ लाख ३० हजार र गाउँपालिकाको १० लाख ४० हजार रुपैयाँ वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूका अनुसार सो गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ का सुख्खाग्रस्त क्षेत्रका किसानलाई राहत वितरण गरिएको हो । सुख्खाग्रस्त क्षेत्रका ४ सय ८६ घरधुरीलाई प्रतिघरधुरी ७ हजार १ सय ४० रुपैयाँका दरले राहत रकम वितरण गरिएको अध्यक्ष लिम्बूले बताए ।

गाउँपालिकाको विपत् व्यवस्थापन कोषअन्तर्गत आठराई गाउँपालिकामा रहेका असहाय, रोगी तथा विपत्मा परेका नागरिकलाई ३ लाख ४५ हजार रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताए ।