येशु ख्रीष्टको जन्म स्मरण गर्ने ख्रीष्टमस एउटा वार्षिक चाड हो । विश्वभरका ३३ प्रतिशत अर्थात् २ अरब ४० करोड ख्रीष्टियनबीचको एक धार्मिक र सांस्कृतिक उत्सवको रूपमा रहेको ख्रीष्टमस डिसेम्बर २५ मा पर्दछ ।

ख्रीष्टमस वा बडा दिन येशु ख्रीष्टको नामको खुसीमा मनाउने पर्व हो । ख्रीष्टमसको दिन विश्वका धेरै राष्ट्रहरूमा सार्वजनिक बिदा दिने गरिन्छ । धार्मिक रूपमा बहुसङ्ख्यक इसाईहरूले र सांस्कृतिक रूपमा धेरै गैर इसाईहरूले मनाउने गरेको पाइन्छ ।

धेरै मानिसले भन्छन्, ‘ख्रीष्टमस दुःखको समय हो ।’ तिनीहरूसँग तिनीहरूको परिवार, बालबच्चा र साथीहरूको निम्ति उपहार किन्न सक्ने रुपैयाँ पैसा हँुदैन । धेरैजना ख्रीष्टमसमा दुःखी हुन्छन् । किनभने तिनीहरूले सोच्छन् ‘हाम्रा प्रियहरू केही कारणवश आउन सकेनन् ।’ कसैको निम्ति ‘परिवार र साथीहरूसँगको रात्रीकालीन भोजन’ केवल एउटा इच्छा मात्र हो ।

ख्रीष्टमस धेरै नै आनन्द र हर्षोल्लासको समय हो । यो समय परमेश्वरले हाम्रो निम्ति कति प्रेम गर्नुभएको छ त्यो देखाउने हो । यो समय चङ्गाई र नयाँशक्तिको हो । हामी सबैलाई थाहा छ, ख्रीष्टमस त्यो समय हो जुन दिन हामी ख्रीष्टको जन्मदिन मनाउँछौँ । परमेश्वरले आप्mना पुत्रलाई यस संसारमा जन्मनको निम्ति पठाउनुभयो र ख्रीष्टको जन्मले संसारमा ठूलो आनन्द र खुशी छायो ।

गोठालाहरू, बुद्धिमान पुरुषहरू र स्वर्गदूतहरू सबै यस महान् घटनाबारे जान्न त्यस उत्साहमा सहभागी भएका थिए । तिनीहरू जान्दथे कि यो साधारण बालक होइन । सय वर्ष अघि नै ख्रीष्ट आउने कुरा अगमवक्ताहरूले भनिसकेका थिए । एउटा तारा सङ्केत दिनको निम्ति बेथलेहेममा रोकिनेछ र बालकलाई चिनाउनेछ भनी तिनीहरूलाई अगमवाणी भएको थियो भन्ने कुरा बाइबलमा उल्लेख छ ।

यद्यपि येशुको जन्ममिति अज्ञात छ । प्रारम्भदेखि नै पश्चिमी ख्रीष्टीयन चर्चले डिसेम्बर २५ मा ख्रीष्टमस राखेको थियो । त्यसपछि पूर्वमा पनि त्यही स्वीकृत गरियो । आज प्रायः इसाईहरूले डिसेम्बर २५ मा ‘ग्रेगोरियन क्यालेण्डर’को माध्यमबाट ख्रीष्टमस मनाउँछन् । जुन संसारभरका देशहरूमा प्रयोग हुने सामान्य क्लालेण्डरहरूमा विश्वव्यापी रूपमा स्वीकृत गरिएको छ । तथापि, केही पूर्वीय ख्रीष्टीयन चर्चहरूले डिसेम्बर २५ मा ‘जुलियन क्यालेण्डर’ अनुसार मनाउँछन् । जुन हाल ७ जनवरी सम्म ग्रेगोरियन क्यालेण्डरमा मेल खान्छ । एन्नो डोमिनिकाल प्रणाली अनुसार येशुको जन्म ७ देखि २ ई.पू. को बीचमा भएको थियो । ख्रीष्टमसको जन्ममितिमा असहमति होइन, तर यसका लागि कुन पक्षको क्यालेन्डरले डिसेम्बर २५ को दिन ख्रीष्टमस निर्धारण गर्छ त्यही प्रयोग हुन्छ ।

ईसाईका लागि विश्वास भनेकै परमेश्वर मानिसको रूपमा संसारमा जन्मनुभयो ख्रीष्टमस मनाउन होइन तर उहाँको जन्म मानव जातिको पापको प्रायश्चितको लागि मुख्य उद्देश्य भनी मानिन्छ ।
ख्रीष्टमसलाई सबैले मान्दछन् । अनि आजभोलि गैर इसाईहरूले पनि यसलाई एउटा धर्म निरपेक्ष, सांस्कृतिक चाडको रूपमा मनाउने गर्दछन् ।

आधुनिक रिजर्भेसनहरू, उपहार दिने, ख्रीष्टमस सङ्गीत र क्यारोल लगाउने बजाउने, खेल खेल्ने, ख्रीष्टमसका कार्डहरू बाँड्ने, चर्चमा छुट्टै किसिमको सेवाहरू गर्ने गरेर चाड मनाइन्छ । त्यस्तै, विशेष वस्तु आदानप्रदान गर्ने, ख्रीष्टमसका रूखहरू सजाउने काम गरिन्छ । ख्रीष्टमसका बत्तीहरू बाल्ने, मन पर्ने दृश्यहरू अवलोकन गर्ने, मन परेका लुगाकपडाहरू किन्ने लगाउने तथा ख्रीष्टमसको विभिन्न सजावटहरूद्वारा नै ख्रीष्टमस सेलिब्रेसनको लोकप्रियता बढेको छ ।

सान्टाक्लस, सेन्ट निकोलस र क्रिस्टिस्टका जसलाई ख्रीष्टमसको पिता पनि भनेर चिनिन्छ । तिनका रूपमा चिनिने जस्ता मानिसहरूद्वारा बालबालिकाहरूलाई खुशी दिन उपहारहरू बाँडचुँड गर्ने गरिन्छ ।