इटहरीः इटहरी उद्योग वाणिज्य संघलाइ ब्यापक ब्यावससीमुखी बनाउने संकल्प सहित अध्यक्षका प्रत्यासी जीवन पराजुली सहितको साँझा समूहले २३ बुँदे साझा घोषणा पत्र मंगलबार सार्बजनिक गरेका छन ।
अध्यक्ष तथा पदाधिकारी मध्य १ जना दैनिक ४ घन्टा कार्यलयमा बस्ने र ब्याबसयीको काम गर्ने, ब्यावसायीको हितका लागि परामर्श गर्न बिज्ञ नियुक्ति गर्ने लगायतका घोषणा समेटिएको घोषणा पत्र मङलबार इटहरीको दुर्गा पार्टी प्यालेसमा सार्वजनिक गरिएको थियो ।
पराजुलीको साँझा समूहको घोषणा पत्रमा इटहरीमा ब्याबसायीक प्रदर्सनी स्थलको निर्माण गर्ने देखि लिएर पार्किङको लागि पहल गर्ने बुँदा समेटिएको छ ।
यस्तै बिज्ञ परामर्शदाता नियुक्ति गरेर ब्याबसायीका कर, राजस्व तथा लेखा सम्बन्धि जिज्ञासाको परामर्श सेवा प्रदान गर्ने पराजुली नेतृत्वको घोषणा पत्र मा उल्लेख गरिएको छ ।
इटहरीको ब्यावसायीक करलाइ ब्यबस्थित गर्न राजस्व परामर्श समिति मार्फत पहल गर्ने उल्लेख गरिएको छ ।
हरेक बर्ष रोजगार प्रबद्र्धनका लागि रोजगारी मेला र ब्यापार ब्यावसाय प्रबद्र्धनका लागि ट्रेड फेयर गर्ने पनि पराजुली समुहले घोषणा पत्रमा समेटेका छन ।
ब्याबसायीक सीप आदान प्रदानका लागि देश विदेश भ्रमण गराउँने साथै ब्यावसायीका लागि उधमसिल तालिम सञ्चालन गरेर महिलाहरुलाइ स्वरोजगार बनाउने समेत घोषणा पत्रमा उल्लेख छ ।
एबासंघले इटहरीको तार, ढलनिकासलाई ब्यबस्थित गर्ने र सुन्दर सहर निर्माणको पहल गर्न साथै संघलाइ प्रबिधि मैत्री बनाउदै आफ्ना गतिबिधिलाइ डिजिटल बनाउने घोषणा पराजुली समूहले गरेको छ ।
विभिन्न ६ राजनीतिक पार्टीमा झुकाब राख्ने ब्याबसायीको समूह सहित निर्वाचनमा होमिएका पराजुली आफ्नो टिम ब्यावसायीका लागि भएको दाबी गर्छन ।