इटहरीः इटहरी उधोग बाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका ब्यावसायी पीताम्बर पोखरेलले आफ्नो समर्थन जीवन पराजुली सहितको समूहलाइ हुने घोषणा गरेपछि पराजुली समूह बलियो बनेको छ ।
आफ्नो उम्मेदवारी फिर्ता नलिए पनि पोखरेलले निर्वाचनमा आफु मैदानमा नजाने बताएका हुन । समाबेसी मानिएको जीवन पराजुली नेतृत्वको चुनावी घोषणा पत्र सार्बजनिक कार्यक्रममा पोखरेलले आफुले जीवन पराजुली समूहलाइ समर्थन गर्ने बताएका हुन ।
मङ्गलवार दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको पराजुली समूहको उम्मेदवारी घोषणा सभामा पोखरेलले समर्थन जनाएका थिए ।
उम्मेदवारी फिर्ताको समय गुज्रिएको अवस्था भए पनि पराजुलीको समूह समावेशी र व्यावसायिक भएकोले समर्थन गरेको पोखरेलको भनाइ छ ।
ब्यापारीहरुको संस्था उवासंघमा राजनीतिक पार्टीले लेटर प्याडमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने प्रक्रियासँग आफु सहमत नभएको पोखरेलले बताएका छन । ब्यावसायिक संस्थालाइ राजनितिकतण गर्ने गलत परम्परा स्थापित हुन लागेको विरुद्ध आफू लागिपरेको पोखरेलको भनाइ छ ।
सुरुवात देखी नै सहमति गराउने प्रयास भएपनि बताउँदै उनले इटहरीका नेताहरूको कारण त्यो प्रयास असफल भएको बताए । पराजुली नेतृत्वको समूहलाइ सबैले रुचाउने भएको आफ्नो मत पनि पराजुलीको समूहलाइ दिने उद्घोष पोखरेलको छ ।
पोखरेल सहित इटहरी उवासंघका वर्तमान अध्यक्ष भीम बहादुर पौडेल र पूर्व अध्यक्ष टङ्क प्रसाद दुलालले पराजुलीलाई समर्थन गरेका छन् ।
काँग्रेस इटहरी उपमहानगरले भने गायत्री कटवाल भण्डारीलाई मतदान गर्न आग्रह गरेको छ । पार्टीको लेटर प्याडमा विज्ञप्ती प्रकाशित गरि त्यस्तो आग्रह गरेको हो । सो कार्यको कांग्रेसपार्टी भित्रबाटै चर्को आलोचना भएको छ ।
माघ २८ गते हुने निर्वाचनमा पराजुली, गायत्री कटवाल सहित रञ्जु सिग्देल र मणिन्द्र कटवाल बिच प्रतिस्पर्धा हुने भएको छ ।