इटहरीः उच्च अदालत बिराटनगरको आइतबारको फैसला पछि आज हुने झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष उम्मेदवार सन्दिप गौतम , दुर्गा फुयाल र भरत कार्की प्यानलले बहिस्कार गर्ने भएको छ ।
दुबै प्यानलका उम्मेदवारले सोमबार झुम्कामा पत्रकार सम्मेलन गर्दै अदालतले गरेको फैसला लगत्तै २४ घन्टा पनि नबित्दै निर्वाचन गर्ने लागेको भन्दै आफुहरु निर्वाचनमा भाग नलिने बताएका हुन ।
गैर ब्याबसायीले मत हाल्दै गरेको निर्वाचनमा आफुहरुले भाग नलिने उनिहरुले बताएका छन । जिल्ला प्रसासन कार्यलयमा निवेदन दिएका उनिहरुले प्रसासनको सहमतिमा गर्नु भन्ने आदेशमा पनि निर्वाचन समितिले ब्यावास्ता गरेको उनिहरुले ठहर गरेका छन । अदालतले गरेको फैसला पछि आफुहरुलाइ भोट माग्ने समय समेत नदिएको अध्यक्षका उम्मेदवारी दिएका भरत कार्किले बताए ।
निर्वाचन सम्योजक डिल्ली कार्कीले आफुहरुलाइ समय दिनु भनेर माग गर्दा पनि बेवास्ता गरेको अध्यक्ष उम्मेदवारी दिएका दुर्गा प्रसाद फुयालले जानकारी दिए ।
उनिहरुले सदस्यको छानबिन हुनुपर्ने साथै आफुहरुलाइ समय नदिएको हुनाले निर्वाचन बहिस्कार गरेको भन्दै निर्वाचन सम्योजकलाइ निवेदन समेत दिएका छन ।
बहिष्कार गरिरहेका २ प्यानल र एक जना अध्यक्ष उम्मेदवार समेतले नियामक निकाय समेत रहेको जिल्ला प्रशासन कार्यलय सम्म पुग्ने योजना रहेको सुनाएका छन । महिला उधमी सिता चौधरीले आफुहरुलाई समय नदिएको बताएकी छन ।