इटहरीः इटहरी उपमहानगरपालिकाले राजश्व संकलनमा कमि आएपछि करदातालाई समयमै आफ्नो कर बुझाउन अनुरोध गरेको छ । 

सोमबार एक सुचना जारी गर्दै प्रमुख प्रसाशकिय अधिकृत राम चरित्र मेहताले एकिकृत सम्पत्ती कर, भुमि कर तथा सञ्चालित व्यावसायको व्यावसाय कर चालु आर्थिक बर्षको चैत्र मसान्त भित्र तिर्नुपर्ने कानुनी व्यावस्था भएको बताउँदै उक्त समयभित्र कर भुत्तानी गर्न अनुरोध गरिएको छ । 

itahari car

समयमा कर नतिरे कर ऐन २०७५ अनुसार तथा व्यावसाय ऐन २०७५ बमोजिम थप व्याज तथा जरिवाना लाग्ने व्यावस्था रहेको भन्दै सुचनामा समयमै सम्बन्धित वडा कार्यलय वा उपमहानगरपालिकाको कार्यालयबाट कर तिरी लाभ लिन नगरवासीमा अनुरोध गरिएको छ । 

उपमहानगरपालिकाले गत फागुन २८ गतेसम्म कुन अनुमानित आयको ४७ प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो । 

राजश्व संकलन कम भएको सम्बन्धमा मेयर हेमकर्ण पोडैल भने आगामी बर्ष करको दायरा फराकिलो पारेर अघि बढ्ने योजना रहेको बताउँछन् ।