सुशिला उप्रेती

इटहरीः अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र जिन्सी शाखा प्रमुख विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । 

बारा जिल्लाको  सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवका विरुद्ध बिषेश अदालतमा अख्तियारले मुद्धा दर्ता गरेको हो । 

उनिहरु विरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्दा   सिम्रौनगढ नगरपालिका बाराको आर्थिक बर्ष २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडानरविस्तार गर्ने कार्यको लागि सिम्रौनगढ नगरपालिकाका तत्कालीन ले टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख उनान्सय हजार आठ सय सन्तानब्बे रुपैयाँ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको र सो सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको अख्तियारले ठहर गरि उनिहरु विरुद्ध मुद्धा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । 

338980412_1000814371325379_5788513506205003200_n

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा बिगो एक लाख उनान्सय हजार आठ सय सन्तानब्बे रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ज्ञड र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घट बमोजिम  विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको दाहालले जारी गरेको प्रेस वक्तब्यमा उल्लेख गरिएको छ ।