इटहरीः इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउनका लागि बैँक तथा वित्तीय संस्थाको छनौट गर्ने भएको छ ।
श्ुाक्रबार बसेको नगरकार्यपालिकाको बैठकले खुल्ला प्रतिस्पर्धाबाट बैँक वित्तीय संस्था छान्ने निर्णय गरेको हो ।
नगरका सामाजिक गतिविधिका क्रियाकलापलाई सर्व सुलभ सेवा उपलव्ध गराउन नेपाल सरकारबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्था छनौट गर्ने र आर्थिक कारोबार र कार्यालय परिषरमै काउन्टरको स्थापना गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ ।