इटहरीः  प्रदेश नामांकरणको मुद्धालाई एसईईको परीक्षाको कारण देखाउँदै स्थगित गरेका संयुक्तः संघर्ष समितिले आइतबार प्रदेशका सभामुख बाबुराम गौतमलाई अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएका छन् । 

चैत्र २६ गतेसम्म आन्दोलन रोकेका उनिहरुले ज्ञापन पत्र बुझाउँदै दोस्रो चरणको आन्दोलन शुरु भएको बताएका छन् । 

ज्ञापन पत्र बुझ्दै सभामुख बाबुराम गौतमले नामविहीन प्रदेशले संघीयता कमजोर हुने भयले नामकरण गरिएको बताउँदै पुनः नामकरणको सम्भावना खुला नै रहेको बताएका थिए । 

फागुन १७ मा प्रदेशसभाको दुई तिहाइ मतबाट प्रदेशको नाम कोशी राखिएसँगै प्रदेशमा पहिचानवादी आन्दोलन सुरू भएको थियो। त्यसक्रममा चैत ५ मा विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत १० मा मृत्यु भएको थियो। उनलाई शुक्रबार सरकारले सहिद घोषणा गरेको छ। 

संयुक्त संघर्ष समितिले कोशीका पक्षमा मतदान गर्ने प्रदेशका ८२ जनै सांसदहरूलाई चेतावनी पत्रसमेत पठाउने भएको छ।