धरानः १० महिना अगाडि हाडनाता पर्ने एक किशोरी बलात्कार गरी फरार रहेका धरान–५ साउनेका झमकबहादुर बस्नेत पुर्पक्षका लागि जेल चलान भएका छन् ।

पुस १० गते अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको बताइएको छ ।

हाडनाता पर्ने किशोरीलाई पटकपटक बलात्कार गरेको भन्दै पीडितका परिवारले गत असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेपछि बस्नेत फरार भएका थिए ।

अदालतको आदेशमा पुर्पक्षका लागि पुस १० गते नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।