धनकुटाः मध्य पहाडी क्षेत्रमा पर्ने धनकुटा र तेह्रथुममा भारी हिमपात भएको छ । आज दिउँसो परेको हिमपातले जानजीवन असामान्य बनाए पनि स्थानीय युवा तथा पर्यटकले हिमपातको मज्जा लिएका छन् ।

तेह्रथुमको टीएमजे क्षेत्रमा पर्यटकको घुँइचो लागेको छ । त्यस्तै, सङ्खुवासभाको गुफापोखरी, मुढेशनिश्चरे क्षेत्रमा पनि पर्यटकले हिमपातको मज्जा लिएका छन् । धनकुटाको हिले, सिंधुवा, निगाले क्षेत्रमा पनि हिमपात भएको छ ।

कोशी राजमार्गमै बाक्लो हिमपात परेपछि पर्यटक सवारी रोकेर हिउँमा रमाएका थिए । उता, भोजपुरको पनि आधा दर्जनभन्दा बढी उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

hiu

1 1 5 1 8 7 6 4 1 3 1