इटहरीः नेकपा(एकीकृत समाजवादी)  सुनसरीले यतिबेला जिल्लाभरीका सबै पालिकाहरुमा पार्टी निर्माण तथा शुद्धीकरण अभियान थालेको छ । 

पार्टीको जिल्ला कमिटिको पूर्ण बैंठकको निर्णय अनुसार सुनसरीका २ उपमहानगर, ४ नगरपालिका र ६ गाँउपालिकाहरुमा सो अभियानलाई तिब्रता दिइएको नेकपा(एकीकृत समाजवादी) सुनसरीका उप सचिव राजेश भण्डारीले जानकारी दिएका छन् । 

345252429_3109706879173599_2790764619466878886_n

पर्टीका जिल्ला अध्यक्ष गोविन्द निरौंलाको नेतृत्वमा जिल्लाका पालिकाहरुमा सो अभियान थालिएको हो । अभियानका क्रममा जिल्लाका पालिका भित्रका वडा तह देखि नै कमिटी पुनः गठन , थप मजबुद बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई समेट्दै आईरहेको उप सचिव भण्डारीले बताए । 

345156376_1317281368853453_950974932086695592_n

०८४ सालमा हुने तीनै तहको निर्वाचनलाई समेत बिषेश ध्यानमा राखेर अभियान थालिएको भण्डारीको भनाई छ । अभियानका क्रममा पहिलाको भन्दा यसबेला पार्टी प्रति धेरैको आकर्षण बढीरहेको आफुले पाएको भण्डारीले बताए । समाजवादी पार्टीमा अन्य पार्टीमा रहँदा समाजवाद नआउनुका साथै आफ्नो क्षेत्रको विकास हुन नसक्ने देखेको जनाउँदै समाहित हुनेहरुको संख्या पनि प्रतिदिन बढीरहेको भण्डारीले बताए । 

345472497_997982798033258_4427402833344849264_n

जिल्लाका धेरै जसो पालिकाहरुमा पार्टी प्रति युवा वर्गको आकर्षण बढीरहेको आफुले पाएको भण्डारीले बताए । अभियान अन्तरर्गत सुक्रबार मात्र सुनसरीको सीमावर्ती गाँउपालिका हरिनगरमा पार्टी पुनः गठन गरिएको उनले बताए । जहाँ उत्साहजनक रुपमा स्थानीयहरुको सहभागीता रहेको भण्डारीले दावी गरे । 

344711215_1282905249291281_4134854690417735909_n

१२ वटै पालिकाहरुमा पार्टी निर्माण र शुद्धिकरण अभियान सकेपछि जेष्ठ पहिलो साताभित्रमा जिल्ला अधिवेशन सक्ने पार्टीको योजना रहेको उनले बताए । जेष्ठमा जिल्ला पार्टीले पनि जझ मजबुद टिम पाउने उनको भनाई छ । अभियानका क्रममा पार्टीको निति र सिद्धान्त विपरित हिड्नेहरुलाई कार्वाही समेत वगरिएको उनले बताए । 

345311045_708137041085151_7884014358684698807_n