काठमाडौंः काठमाडौंको माइतीघर मण्डला यसै व्यस्त उसै व्यस्त । हरेकको समस्या पोखिने ठाउँ मात्र होइन, सरकारलाई घच्घच्याउन र खबरदारी गर्न पनि सबैका लागि प्रिय स्थान यही हो । यही माइतीघर अहिले नक्कली भुटानी शरणार्थीं प्रकरणले झनै व्यस्त बनेको छ । 

शनिबार पनि फुसर््द पाएन यो माइतीघर मण्डलाले । हुनत यहाँ कार्यक्रम नभएको दिन नै हुँदैन् । पछिल्लो समय अन्य सबै मुद्दालाई ओझेलमा पारेर माईतीघर मण्डलामा शरणार्थी प्रकरणको विरुद्धमा जनताले निरन्तर खबरदारी गरिरहेका छन् । 

Photo (1) 4

शनिबार माइतघर मण्डलामा पुगेर शरणार्थी प्रकरण विरुद्धको कार्यक्रममा सहभागी भएका सरोज गौतमले देशमा भ्रष्टाचारले चरमरुपमा जरो गाँडेको बताए । उनले यो देशमा भीआइपीलाई छुट दिने गर्नाले पनि भ्रष्टाचार मौलाउँदै गएको छ । भुटानी शरणार्थी प्रकरणमा कारवाही भए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने उनको अपेक्षा छ । 

उनी भन्छन ‘ आजको कार्यक्रम चाहीँ खास अहिले पछिल्लो समय सामाजिक सञ्जालमा सुनिरहेकै नक्कली शरणार्थीको बारेमा हो । यस प्रकरणमा नेपाल सरकारले गृह मन्त्रालयले जुन कार्य गरेको छ । त्यसलाई धेरै धन्यवाद र सँगसंँगै यस्तो प्रकरणहरुमा चाहीँ खबरदारी गर्नको लागि र यिनीहरुलाई कारबाही होस् भन्नको लागि नागरिक अभियानको रुपमा हामी भेला भएका हौं । हाम्रो माग चाहीँ अहिले यो जसरी भ्रष्टारको विषयहरु आईरहेको छ । यो विषयमा चाहीँ छानविन होस् र यो छानविन विधिपूर्वक टुङगोमा पुगोस् र कोही पनि भी आई पी अपराधी भ्रष्टाचारी छ भने त्यो नछुटोस् भन्ने दबाबमुलक कार्यक्रम हो । धर्ना चाहीँ हामीले आजबाट सुरु गरेका छौं र हाम्रो धर्ना काठमाडौं मात्र नभएर पोखरा भैरहवा दाङ, रुपन्देहीमा र सिन्धुली तथा देशभरिनै भई रहेको छ । ’

Photo (4)

त्यस्तै कार्यक्रममा सहभागी भएका नारायण उपाध्यायले भ्रष्टाचारीलाई कारबाही हुनु पर्ने माग गरे । उनले भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु उम्किने छिद्र खोजिरहेको जिकिर गर्दै कानुनी विधि अनुसार भ्रष्टचारीलाई सजाय हुनु पर्ने माग राखे । 

उनले भने ‘ अहिले देशमा भईरहेको बेथिति भ्रष्टचार सम्बन्धी हाम्रो कार्यक्रम हो । हाम्रो माग सोझा कोही पनि नफसुन् र भ्रष्टचारीलाई कानुन बमोजिम कारबाही हुन पर्छ । नाता नेता सङग मतलब हुन भएन र भ्रष्टचार। हुन भएन । भ्रष्टचारीहरुलाई चाहीँ जुन संविधानमा लेखेको छ । त्यही संविधान अनुसार कारबाही हुन पर्छ । अहिले नेजालमा कस्तो भयो भने देखी अख्तीयार पर्नु उ पनि भ्रष्टचार हुने ठुला पार्टीका ठुला नेता पनि भ्रष्टचार हुने एक आपसमा जुन आफु आफु उम्किने मेसो भईरहेको छ । र गल्तीलाई माफी नहोस् । बजारमा भन्नी गरेको जस्तो ठुला मार्छालाई कारबाही नगरे सम्म हाम्रो धर्ना जारी छ । हाम्रो यउो धर्ना देशको ७५ वटा जिल्लामै छ । 

Photo (7)

त्यस्तै धर्ना कार्यक्रममा सहभागी अरुण पोखरेलले जनताले २५,३० वर्ष काम गर्दा पनि एउटा ३ आनाको घडेरी किन्न नसक्ने यथार्थ छर्लङ्ग छ । तर कुनै जागिर र कुनै आम्दानी नभएका नेताहरु भने चिल्ला गाडीमा हिड्ने, काठमाडौंमा ३,४ वटा घर बनाउने सामथ्र्य राख्दै आएका छन् । यही कारण पनि देश जोगाउन  भ्रष्टचारीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने पोखरेलको माग छ । 

उनी भन्छन्  ; हाम्रो यो धर्ना भ्रष्टचारको विरोधका लागि हो । जस्ले भ्रष्टाचार गरेर पुस्तौ देखि आफुलाई अगाडि बढाएर जनताहरुलाई उल्लु बनाएर जसरी आफु धनी भएका छन् । त्यसको विरुद्ध हाम्रो धर्ना हो । हाम्रो माग चाहीँ भ्रष्टाचार जरै देखि अन्त्य गर्ने हो । हाम्रो माग पूरा नभए सम्म हाम्रो भर्ना जारी रहने छ । यदि जनताहरु बाटोमा नआउने हो भने यिनीहरुले यसरी नै आफ्ना पुस्तौ पुस्तालाई पुग्ने धनमाल जोडेर राख्छन् । जनताले ३० वर्ष २५ वर्ष दुख गरेर एउटा ३ आनाको घडेरी किन्न सकेको छैन । नेताहरुको न कुनै आम्दानी जागिर छ । यिनीहरु चिल्ला गाडी चढेर हिड्छन् । २,३ ठाउँमा घर कसरी आयो । यसको सत्यता चाहीँ नेपाली जनताले अब बाहिर ल्याउनु पदर्छ । हाम्रो मुख्य उद्देश्य यही नै हो । ’ 

माइतीघर मण्डलामा जम्मा हुन थालेको भीड र लाग्न थालेको चर्को नाराले भुटानी शरणार्थी प्रकरण टुंगोमा पुर्याउन सरकारमाथि दबाब बढाएको छ । यहाँ देखिएको भीड शरणार्थी प्रकरण टुंगा नलागेसम्म पछि हट्ने अवस्था देखिन्न । नेपाल न्युज बैंक