रुषा थापा

केही दिनअघि सरकारले जग्गाको कित्ताकाट फुकुवा गप्यो । कित्ताकाट फुकुवा गर्नेबित्तिकै जग्गाको कारोबार बढ्ने विश्वास सरकारको थियो । दुई वर्षअघि मालपोत कार्यालयमा जग्गाको किनबेचका कारण खुट्टा टेक्ने ठाउँ हुदैँन थियो । 

तर, अहिले यसको ठिक विपरीत भएको छ । कुनै बेला खुट्टा टेक्ने ठाउँ नपाउने मालपोत कार्यालय अहिले सुनसान देखिन्छ । यसरी मालपोत कार्यालय सुनसान हुनुको कारण पनि हामी सबैलाई थाहै छ । पछिल्लो समय बजारमा घरजग्गाको कारोबार ठप्प छ । 

घरजग्गा बेच्न चाहने त धेरै छन् तर किन्ने शून्यझैं छ । मानिससँग पैसा नभएकाले पनि घरजग्गाको कारोबारमा मन्दी आएको सजिलै अनुमान लगाउन सकिन्छ । सुनिन्छ, तीन वर्षअघि आनाको ८० लाखमा किनेको जग्गा अहिले लाख रुपैयाँमा बिक्री हुदैँन । 

घरजग्गाको कारोबारमा पूरै मन्दी आउँदा पनि सरकारको यसतर्फ ध्यान गएको देखिदैँन । यी क्षेत्रमा लगानी गरेका अधिंकाश मानिसहरु लगानी डुबेपछि मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् । यता बैंक तथा वित्तिय संस्थालाई पनि यसको असर परेको देखिन्छ । 

ह्ुन त यीनीहरुले हामी अहिले बचतकर्ताको रकम सुरक्षित रहेको दाबी गर्दै आइरहेका छन् । तर, सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमै भएका कारण यी संघसंस्था कतिखेर भाग्छन् भनेर भन्न सकिदैँन । 

नेपालका नाम चलेका १९ वटा बैंक डुब्ने अवस्थामा पुगेको भनेर अहिले बजारमा व्यापक चर्चा छ । उता कोही व्यक्तिलाई सहकारी संघसंस्था किन भागेको भनेर प्रश्न सोध्न नपाई घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा भागेको जवाफ आइहाल्छ । 

३५ हजार बढी सहकारीमा करोडौं बचतकर्ताले खर्बो रकम जम्मा गरेका थिए । तर, त्यो रकम आज बालुवामा पानी हाल्या बराबरको भएको छ । र, बैंकमा बचत गरेका बचतकर्ताको पनि यँही हालत हुने संकेत अहिले देखिएको छ । 

पछिल्लो समय बैंकमा पैसा राख्नेभन्दा बढी निकाल्नेको लाम छ । तर, लाख रुपैयाँको चेक लिएर गएमा पाँच हजार रुपैयाँ लिएर जानुस् भनिन्छ । अहिले बैंकका बचतकर्तालाई पनि सहकारीका बचतकर्ताझैं न रातमा निन्द्रा न दिनमा भोक लाग्छ । 

बैंकमा आफ्नो घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएका ऋणीहरुले अहिले साँवाब्याज तिर्न नसक्ने भन्दै धितो नै लिलाम गर्न आग्रह गरिरहेका छन् । तर, ऋणीबाट लिलाम गरेको घरजग्गा, गाडी र सेयर बैंकले बिक्री गर्न सकिरहेको छैन । 

त्यसैले, अहिले बैंकको लगानी डुब्ने अवस्थामा पुगेको छ । हुन त यीनीहरुले पनि हिजो ब्याजको लोभमा घरजग्गा, गाडी र सेयरलाई ठूलो कर्जा प्रवाह गरेका थिए । तर, अहिले ब्याजको त कुरै छोडौं, साँवा नै नउठ्ने भएको छ । 

बैंकबाट ऋण लिएर व्यापारव्यवसाय सञ्चालन गर्नेहरु दुई वर्षदेखि ऋणको साँवाब्याज तिरेका छैनन् । साथै, अहिले पनि ऋण तिर्न नपरोस् भनेर राजनीतिक दलका नेता कहाँ चाकरी गरिरहेका छन् । 

अहिले बैंकले सेयर होल्डरहरुलाई बोनस दिन सकेको छ । कर्मचारीलाई तलब दिएको छैन त घरधनीलाई भाडा । यसरी तलब नपाएपछि बैंकका कर्मचारी भटाभट जागिर छोडिरहेका छन् । उता सेयर होल्डरहरुले पनि सेयर बेच्न सूचना जारी गरिसकेका छन् । 

जुनसुकै बैंकका सेयर होल्डरहरु अहिले सेयर बेच्न खोजिरहेका छन् । तर, किन्ने मान्छे नभेट्दिा उनीहरु तनावमा छन् । सर्वसाधारण र सरकारले बैंक यस्तो अवस्थामा पुग्छ भनेर सपनामा समेतकल्पना गरेका थिएनन् ।

केही वर्षअघिदेखि मुलुकमा बर्खामा च्याउ उम्रिएझैं बैंक तथा वित्तिय संस्था पनि धमाधम दर्ता हुन थाले । मानौं, कुनै प्रतियोगिता भएझैं यी संघसंस्थाले बढी ब्याजको प्रलोभन देखाएर आफ्नो संघसंस्थामा बचतकर्तालाई बचत गर्न लगाए । 

तर, बचतकर्तालाई बढी ब्याज दिनुपर्ने भएपछि यीनीहरुले जोखिमपूर्ण क्षेत्र (घरजग्गा, गाडी र सेयरलगायत) मा आफ्ना सम्पूर्ण कर्जा लगानी गरे । सुरुसुरुमा त नाफा पनि भयो । भ्रष्टाचार पनि गरियो । तर, जब यी क्षेत्रमा मन्दी छायो, तब यीनीहरु रातारात भाग्न अवस्थामा पुगे । 

हाम्रो मुलुकमा धेरै कलकारखाना र उद्योग छैन । भएका पनि सबै भारतीय वा अन्य विदेशी नागरिकले चलाएका छन् । बैंक तथा वित्तिय संस्थाले कहिल्यै कृषि क्षेत्रमा लगानी गरेन । उनीहरु छिटो नाफा कमाउने लोभमा घरजग्गा, गाडी र सेयरतिर लागे । 

यसले गर्दा अहिले मुलुकका कृषकहरु विदेश पलायन हुन पप्यो त घरजग्गा, गाडी र सेयरमा गरेको लगानी गर्दा बैंक तथा वित्तिय संस्था भाग्नुपर्ने भयो । सँगै देशको अर्थतन्त्र समेत नाजुक अवस्थामा पुग्यो । 

अहिले पनि बैंक तथा वित्तिय संस्थाहरु आफुहरु ठिकठाक रहेको देखाइरहेका छन् । तर, सरकारले पाँच हजार मूल्य निर्धारण गरेको एक आना खेतीयोग्य जमिन जग्गा दलालीले खण्डीकरण गरेर आनाकै लाखदेखि करोड मूल्यमा बेचे । 

भारतले पाँच सय किलोमा बिक्री नहुने फलामको सवारीसाधन बनाएर नेपाललाई लाखौं रुपैयाँमा बेच्यो त बैंकले सय रुपैयाामा निष्काशन गरेको सेयर दलालीद्धारा ३२ सय रुपैयाँमा बेचियो । अहिले यी वस्तु पहिला कै मूल्यमा आउने भएको छ । 

अनि कसरी बैंक तथा वित्तिय संस्था ठिकठाक हुन सक्छन् । बचतकर्ताले आफ्नो सम्पूर्ण रकम निकाल्ने डरले बैंकले अहिले पनि ढाँटिरहेको छ । तर, कतिन्जेल ढाँटिरहने ? अहिले बैंकप्रति जनताको विश्वास खस्किदैं गएको छ । 

अब झन् यस्तै भइरहने हो भने जनताले बैंक तथा वित्तिय संस्थामाथि कहिल्यै विश्वास गर्ने छैनन् । तीन वर्षअघि दुई करोड मूल्य पर्ने घडेरी धितो राखेर बैंकले एक करोड कर्जा प्रवाह गप्यो । त्यसमा १० लाख घुस, २ प्रतिशत सेवाशुल्क र १६ देखि ४८ प्रतिशतसम्म ब्याज लियो । 

अहिले बैंकबाट एक करोड लिएको ऋण डेढ करोड पुगेको छ । तर, धितो लाख मूल्यमा झरेको छ । भनिन्छ, घरजग्गाको मूल्य सात दशकअघिकोमा पुग्यो । मानिसहरुले भाडाको लोभमा बैंकबाट ऋण लिएर घडेरी किने । 

तर, अहिले बैंकको ऋण तिर्न नसक्दा घर त गयो नै सँगै कालोसूचीमा पनि परियो । पहिलापहिला बैंकहरु एकको घरजग्गा, गाडी र सेयर लिलाम गर्नेबित्तिकै अर्कालाई बेचिहाल्थ्यो । तर, अहिले यी क्षेत्रमा लगानी गर्न चाहने कोही छैन । 

जसले गर्दा बैंकको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको हो । ५६ लाखबढी सेयर लगानीकर्ताको अहिले रुवाँबासी छ । लगानी डुबेपछि उनीहरु करोडपतिबाट सडकपति भएका छन् । यता घरजग्गा र गाडीमा लगानी गर्नेहरु पनि यँही हालत छ । 

अहिले प्रायजसो अधिंकाश व्यवसायी डुबेका छन् । नडुबेको भन्ने यँहा कोही भेटिदैँन । पछिल्लो समय बजारमा मूल्य बढेको भनेकै खाद्यान्नको हो । नभए अन्य सबै क्षेत्रमा मन्दी छ । 

केही वर्षअघिसम्म घरजग्गा, गाडी र सेयर व्यापारीलाई हेर्ने दृष्टिकोण नै निकै फरक थियो । उनीहरुले ऋण चाहियो भन्नेबित्तिकै बैंकदेखि व्यक्ति समेत तयार हुन्थे । तर, अहिले डुबेको थाहा पाएपछि कोही पनि उनीहरुलाई ऋण तिर्न तयार छैनन् । 

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागले पहिल्यै घरजग्गा, गाडी र सेयरमा लगानी नगर्नु भनी यी क्षेत्रमा प्रतिबन्ध लगाएको भए आज यो अवस्था शायद आउदैँन थियो । सरकारले बजार र मुलुकको अर्थतन्त्र चलाउनु पर्ने हो । 

तर, यहाँ त बजारदेखि मुलुकसम्मकै अर्थतन्त्र घरजग्गा, गाडी र सेयर दलालीले चलाउँदै आएका थिए । यसरी अर्थतन्त्र चलाउने दलालीहरुकै भागाभाग चलेपछि बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प भयो । 

यता दलालीहरु डुबेर भागेपछि होटल, रेस्टुरेष्ट तथा खाजा घरले पनि ठूलो नोक्सान व्यहोर्नुपरेको छ । किनकि दिनहुँ जसो हजारौं रुपैयाँको खाजा नास्ता गर्ने दलालीहरु भागेपछि यीनीहरुलाई पनि नोक्सान हुनु स्वभाविक नै हो । 

मुलुकका ९९ प्रतिशत व्यक्तिहरुको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । यी व्यक्तिहरु बैंकको तिर्न नसक्ने अवस्थामा पुगेका छन् । किन कि घरजग्गा बेच्यौं त किन्ने कोही राखौं त बैंकको ऋण तिर्ने पैसा छैन । 

त्यसैले, यीनीहरु अहिले घरजग्गा, गाडी र सेयर निल्नु कि ओकाल्नु भएको छ । बुढोपाकाले भन्थे, ‘घाँटी हेरेर मात्र खानेकुरा निल्नु वा हाल्नु ।’ अहिले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु सरकारका कारण आफुहरु डुबेको बताउँछन् । 

तर, मुलुकमा भएको नीतिनियम पालना नगरी मनोमानी रुपले जथाभावी गर्नु भनेर हिजो सरकारले उनीहरुलाई भनेको थियो र आज सरकारमाथि सबै दोष लगाउन ? पछिल्लो समय व्यापारव्यवसायमा पूरै मन्दी छ । दिनभरमा कहिल्यै त बहनी समेत नहुने व्यापारीहरु बताउँछन् । 

यसैगरी, मुलुकभरका ६० प्रतिशत बढी सटर, कोठा, फल्याट खाली छन् । अहिले मानिससँग दुई छाक खाना खाने पैसा छैन । अनि घरजग्गा, गाडी र सेयर कसले किन्छ ? भन्नुस् अब बैंक तथा वित्तिय संस्था डुब्छन् कि डुब्दैँनन् ?