झापाः झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट १ जनालाई पक्राउ गरेको हो । पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ४२ वर्षीय भीमबहादुर अधिकारीलाई पक्रेको थियो । भीमबहादुरकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा र भीमबहादुरकी साली कचनकवल–२ की ३६ वर्षीया रेवतीमाया डाँगीलाई पक्राउ गर्नुका साथै उनीहरूको साथबाट २ सय २ ग्राम बरामद खैरो हेरोइन बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले लागूऔषध बिक्री गर्ने गरेको खुलेको प्रहरी प्रमुख ढकालले बताए ।