रुषा थापा
अहिले बजारमा आम सर्वसाधारण कर्मचारी सञ्जय कोष डुबेको बताउँछन् । घुसको लोभमा गलत ठाउँमा करोडदेखि अर्बो रकम कर्जा प्रवाह गर्दा आज कर्मचारी सञ्जय कोष डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ऋणीले न साँबा नै तिप्यो न त ब्याज । जसले गर्दा आज कोषमा प्रभाव परेको छ ।
त्यस्तै, नागरिक लगानी कोषका कर्मचारी वा हाकिमले कोषबाट सस्तो ब्याजमा ऋण लिएर महंगो ब्याज आउने प्रलोभनमा सहकारीमा रकम जम्मा गरेका थिए । पछिल्लो समय सहकारीहरु एकाएक फरार भएपछि कर्मचारीहरुले ब्याजको प्रलोभनमा राखेको रकम डुबेको छ ।
अहिले उनीहरु नै ऋण तिर्न नसकेर भाग्नुपर्ने अवस्था आएको छ । यसरी कर्मचारी भाग्नेबित्तिकै वा ऋण चुक्ता नगरेपछि कोष पनि टाट पल्टिनै हाल्छ । नागरिक लगानी कोषको घरजग्गा, गाडी र सेयरमा धेरै कर्जा लगानी छ ।
कोषका कतिपय हाकिम वा कर्मचारीले त विगतमा आफैंले पनि जग्गा प्लटिङ गर्ने, गाडी तथा सेयरको बिक्रीवितरण गर्ने कार्य समेत गरे । यसरी घुसको प्रलोभनमा जथाभावी लगानी गर्दा आज कोषको रकम जोखिममा परेको छ ।
त्यहाँ लाखौं कर्मचारीले जम्मा गरेको रकम बालुवामा पानी बराबर भएको छ । नाम नबताउने सर्तमा कोषका एक कर्मचारी वर्षोदेखि ऋणले साँवाब्याज नतिरेको दाबी गर्छन् । उनका अनुसार अन्य बैंक तथा वित्तिय संस्थाझै यहाँ पनि बिना घुस कर्जा दिइदैँन ।
लेखक
एक करोड ऋण दिएबापत दश लाख घुस, १६ देखि ४८ प्रतिशत ब्याज र २ प्रतिशत सेवाशुल्क लिइने स्रोतको भनाइ छ । बजार मन्दीमा गएका कारण अधिंकाश बैंक तथा वित्तिय संस्था भाग्नुपर्ने वा बन्द हुनुपर्ने अवस्थान आएको छ ।
पछिल्ला दिनमा मुलुकभर दर्तामा रहेका ३५ हजार बढी सहकारीमध्ये आधाभन्दा बढी सहकारी रातारात भागेका छन् । कुनै कुनै खुलेपनि बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । बचतकर्ता दिनहुँ जसो रकम फिर्ता माग्न आएपछि पनि कतिपयले सहकारी बन्द गरेका छन् ।
त्यस्तै, बैंकमा पनि सहकारीकै संकट देखिँदा कर्मचारी सञजय कोष र नागरिक लगानी कोष पनि डुब्ने अवस्थामा पुगेको आम नागरिक बताउँछन् । यी दुवै कोष अहिले तनावमा छन् । एकातिर ऋणले ऋणको सावाँब्याज तिर्दैन त अर्कातिर लिलाम गरेको धितो पनि बिक्री हुन्न ।
सरकारले कर्मचारी सञ्जय कोषको पुँजी उद्योग तथा औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्ने भनेर नीतिनियम नबनाउँदा पनि आज यो अवस्था आएको हो । यसले एकातिर कर्मचारीहरुको अर्बो रकम जोखिममा परेको छ, अर्कातिर औद्योगिक क्षेत्रमा लगानी नगर्दा राज्य राजस्व विहीन भएको छ त बेरोजगारी बढेको छ ।
अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायले पहिल्यै कर्मचारी सञ्जय कोषको रकम घरजग्गा, गाडी र सेयरमा लगानी गर्नबाट रोकिदिएको भए आज यो हुदैँन्थ्यो । सम्बन्धित निकायले समयमै ध्यान नपुप्याउँदा आज लाखौं जनता डुब्ने भएका छन् ।
राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारी समेतले कर्मचारी सञ्जय कोषमा बचत गरेका छन् । अहिले पनि अर्थ मन्त्रालयले र राष्ट्र बैंकले बजेट वा मौद्रिक नीतिमार्फत घरजग्गा, गाडी र सेयरमा कडाई गरेन । यी क्षेत्रमा लगानी गर्नुहुदैँन भनेर कसैले पनि रोकेन ।
उद्योग व्यवसायी र आम सर्वसाधारण घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा डुबेको गुनासो गर्छन् । आनाको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिन आनाकै लाख रुपैयाँमा किनेपछि डुबिहाल्छ नि । यता, एक सय कित्ताको सेयर ३५ सय र दुई रुपैयाँ किलोमा बिक्री नहुने फलाम लाख रुपैयाँ किलोमा किनेपछि डुबिहालिन्छ नि ।
कहिले सासुको, कहिले बुहारीको पालो भनेझै अब ऋण पालो बैंक तथा वित्तिय संस्थाको हो । हिजो यीनीहरुले करोडपतिलाई सडकपति बनाए । र, आज यीनैलाई घरजग्गा, गाडी र सेयरले सडकछाप बनाउने छ ।
अहिले बैंक तथा वित्तिय संस्था आफैंले लगानी गरेको कर्जाका कारण डुब्ने अवस्थामा पुगेका हुन् । दुई वर्षअघिसम्मआफुसँग चिनजान भएको बैंक तथा वित्तिय स.स्थामा दुई करोड मूल्य पर्ने धितोको प्रमाणपत्र लिएर गएर भनेजति ब्याज, सेवाशुल्क र घुस दिन्छु भने तुरुन्तै कर्ज पाइदैँन्थ्यो ।
तर, अहिले त्यहँी धितो लिएर बैंक तथा वित्तिय संस्था गए फिर्ता पठाइन्छ । ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंकको नाममा रोक्का रहेको सुनिन्छ । यो क्षेत्र पूरै मन्दीमा छ । डामाडुल भएको छ । मालपोत र यातायातका कर्मचारीहरु काम नभएपछि झिँगा धपाउन थालेका छन् । यसरी यो क्षेत्र मन्दीका कारण डुब्ने अवस्थामा पुग्दा कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषले कसरी बचतकर्ताको रकम फिर्ता गर्छन् ?
राष्ट्र बैंकले अहिले पनि कति रकम व्यक्तिसँग छ र कति रकम बजारमा छ भनेर खोजतलास गरेको छैन । पछिल्लो समय बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको छ । कहिँकतै भेटिदैँन ।
नेपालका बैंक तथा वित्तिय संस्थालाई घरजग्गा, गाडी र सेयरले डुबाइ छाड्ने भएको छ । बुढोपाकाले भन्थे, चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी । त्यसरी नै घरजग्गा, गाडी र सेयरमा नाफा देखेर कमाउन आएका बैंक तथा वित्तिय संस्था अहिले नराम्ररी डुबेको छ ।
मनिसहरुले पनि आफ्नो पुर्खौली सम्पत्ति बेचेर, जीवनभर कमाएको रकम बैंक तथा वित्तिय संस्थामा ब्याजको प्रलोभनमा राखे । नेपालका बैंक तथा वित्तिय सस्थामाथि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, अध्यक्ष चन्द्र ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतले चलाउँदै आएका थिए ।
आम सर्वसाधारणले धितो भएपनि कहिल्यै ऋण पाएनन् । अहिले सर्वसाधारण सबैभन्दा बढी भ्रष्टाचारी बैंककै कर्मचारी रहेको र खातामा भएको रकम समेत कर्मचारीले चोरी गरेको आरोप लगाउँछन् । सरकारी कर्मचारीले पाँच सय रुपैयाँ घुस खाएपनि अख्तियार समात्छ ।
तर, बैंकका कर्मचारी तथा हाकिमहरुले कर्जा दिँदा लाखौं रुपैँया घुस दिएपनि अख्तियार समात्दैन । अहिले नै जनताले बैंकका कर्मचारी, अध्यक्ष सञ्चालकलाई दलाली र चोर भन्न् थालिसकेका छन् । बैंक तथा वित्तिय संस्था जनताको रकमबाट चलेको संस्था हो ।
तर, जनताकै रकम ठग्ने र लुट्ने काम कर्मचारीले गरे । उनीहरुको गिद्धे आँखा बचतकर्ताको रकममाथि पप्र्यो । पछिल्ला दिनमा बैंककै कर्मचारीद्धारा बचतकर्ताको रकम चोरी गर्ने काम भउपछि अहिले जनता बैंकमा पनि पैस राख्न नहुने बताउँछन् ।
अधिंकाश बचतकताले अहिले बैंक तथा वित्तिय संस्था वा कर्मचारी सञ्जय कोषमा बचत गर्न छोडेका छन् । उनीहरु भएको रकम समेत धमाधम निकालिरहेका छन् । अहिले जताततै ठगहरु यत्तिकै भेटिन्छन् । कोही विदेश पठाइदिने प्रलोभनमा ठग्छन् त कोही केको प्रलोभनमा ।
यसरी बाहिर नै ठगहरुको बिगबिगी भएपछि बैंकमा पनि ठगहरुको कमी छैन । सिधासाधी जनता बच्न मुस्किल भएको छ । आफैंले राखेको रकम समेत निकाल्न नपाइने भएको छ । चारेतिर लोभी, पापी र ठगहरुको रजगज छ ।
जुनसुकै क्षेत्रमा पनि महासंघ, संघसंस्था खोली जनता ठग्ने काम जारी छ । बैंक तथा वित्तिय सस्ंथामा पनि यहँी भइरहेको छ । अहिले सहकारी संघसंस्थाले करोडौं बचतकर्ताको खर्बो रकम खाँदा समेत राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुलाई कहिले घृणा छैन ।
यता, बैंकका कर्मचारी र हाकिमको मिलोमत्तोमा बचतकर्ताको रकम खाताबाटै चोरी हुँदा पनि कोही केही बोलेका छैनन् । भूरादेखि बुढासम्मको मुखमा बैक तथा वित्तिय संस्था चोर र डग हो भनेर भनिएको सुनिन्छ । जनताले पनि विश्वास गर्न छोडेका छन् ।
सेवा दिने नाममा संघसंस्था खोलेर आम सर्वसाधारणको रकम पचाउनुका साथै राज्य समेत ठग्ने काम भइरहेको छ । जब जनतामा चेतनाको अभिवृद्धि हुन्छ, तब यीनीहरु पनि कानूनको दायरमा आउँछन् । साथै, उनीहरुको ठगीधन्दा समेत बन्द हुन्छ ।
सहकारीका अध्यक्ष र सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा रातारात भागेकाछन् । कतिपयलाई त प्रहरीले खोरमा पनि हालेको छ । त्यसरी नै अब कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषका हाकिमहरु पनि खारेमा जानुपर्ने छ ।
सहकारी र लघुवित्तको विरोधमा जसरी जनता सडकमा उत्र्रिएका छन्, त्यसरी नै बैंक र कर्मचारी सञ्जय कोष र नागरिक सञ्जयकोषको विरोधमा जनता सडकमा आउने छन् । बचतकर्तालाई ६ प्रतिशत ब्याज दिएर त्यहँी रकम घुस खाएर १६ देखि ४८ प्रतिशत ब्याजमा कर्जा लगानी गर्नेहरुको दिन अब अन्त्य हुदैँछ । बैंक तथा वित्तिय संस्थाले जतिपनि पीडित बनाएको छ, ती सबै सडकमा आउने छन् ।