महेन्द्र गुरागाई
इटहरी उपमहानगरपालिकाको मुख्य चोकको अवस्था हेर्दा स्थानीय सरकार कता हराएको जस्तो अनुभूति इटहरीबासीहरुले गर्न थालेका छन् । कोशी प्रदेश को मुख्य बजार हरित नगरी इटहरी भनेर चिरपरिचित भएको करिब ५र७ बर्ष भएको छ । पुर्वाञ्चलको व्यापारीक हवको रुपमा दु्रतगतिमा विकास भइरहेको इटहरीमा दिनप्रतिदिन बढ्दो चापले बजार अस्त व्यस्त भइरहेको हामीले महशुष गर्ने गरेका छौं ।
दैनिक सवारीको चाप, व्यवासायीक प्रतिशपर्धा, विकासको फड्को मार्ने क्रम हेर्ने हो भने थोरै समयमा पनि फड्को मारेको अनुभूति हामीले गर्न थालेका छौं । बाटो, सडकहरुलाई हेर्ने हो भने दिनप्रतिदिन सवारी साधनहरुको चापले गर्दा हिड्डुलमा समस्या आउन थालेको छ । सडक तथा बाटो दिर्घकालिन रुपमा क्षमतावान सडक नबनाउदाको अवस्था हामीले समस्या भोगीरहेका छौं ।
यसै क्रममा मुख्य चोककोको पुर्वपट्टीको भागमा रहेको ढल भासिएर गएको ठाँउमा दैनिक जसो दुर्घटना हुने गरेको हामीले प्रत्यक्ष देखिरहेका छौं । यसमा सरोकारवालाहरु चुपचाप बसेर आफुलाई महान सम्झने सडक विभागको कर्तब्य होइन ? समस्याको समाधानका उपायहरु खोजीनु पर्नेमा मुखदर्शक भएर बसेका छन् । स्थानीय सरकार अन्तर्गत इटहरी उपमहानगरपालिकाको उत्तिकै दायित्व होइन ? इटहरी उपमहानगरपालिकाको ६ नं वडा, राजमार्गको आसपासमा रहेको क्षेत्रफल पर्ने बाटो तथा सडकमा ६ नं। वडा अध्यक्षको तेतिकै भूमिका हुनुपर्ने होइन ? करिब १ बर्ष अगाडिदेखिको समस्या इटहरीबासीहरुले थेगिरहेका छन् । बजार भनेको सौन्दर्यकलाको अर्को रुप पनि हो । बाहिरबाट आउने पर्यटकले प्रत्यक्ष आँखा अगाडि देखिने कुरालाई समेत मुखदर्शक भएर बस्नु कति लाजमर्दो होला ।
इटहरीको मुख्यचोकदेखि पुर्वपट्टीको एनएमवि बैकको पुर्वपट्टीको गल्लीको मुखमा दैनिक जसो सिटी रिक्सा, मोटर साइकलहरु आवत जावत गर्ने गरेका छन् । यस क्रमा मोटरसाइकल र सिटी सफारी सो बाटोमा कतिपटक लड्ने गरेका छन् । यो समस्या ६ नं वडाको होइन र ? यस बिषयमा गम्भिर हुनुपर्ने बिषयमा सरोकारवालाहरु चुपचाप सोही बाटो गरेर हिड्डुल गरेपनि थाहा नपाए जस्तो गरेर बस्नुभएको छ । स्थानीय सरकार अधिकांश समय मिटिङ, बैठक, उद्घाटन विभिन्न खालका समारोहहरुमा समय विताउने गरेको स्थानीय बासीन्दाहरुको ठहर छ ।
आम जनताका समस्याहरुलाई सुल्झाउन वा सम्बोधन गर्नका लागि वहाँहरुलाई निर्वाचित गरेर पठाएका होइनन् ? जनताका मुद्दाहरुमा केन्द्रित भएर काम गर्नुपर्नेमा समस्याहरुलाई देखेपनि नदेखे जस्तो गरेर समय विताउन तल्लीन भएका उमेद्दवारहरुसँग नेपाली जनताले धेरै आशा र भरोसा गरेका थिए । आखिरमा इटहरीबासीहरुको समस्या जहाँको त्यही छ । उल्टो करबृद्धि गरि इटहरीबासीहरुलाई थप संकटमा पार्ने काम भएको छ । त्यसगरी संङ्गीतचोकलाई उपेक्छित गरेर मुलद्वारमा जबरजस्ती दुर्घटनाको बहाना बनाई डिभाइडर लगाएर बन्द गर्ने काम गरेको छ । बढ्दो होलसेलको बजारलाई प्रवर्दन गर्नुपर्नेमा निश्तेज पार्ने काममा सडक आयोजना कार्यालय लागेको देखिन्छ ।
इटहरी उपमहानगरपालिको मुख्य चोकमा रहेको समस्याहरु समाधान गर्न नसक्ने जनप्रतिनिधिहरुसँग अरु धेरै कुराको आशा गर्नु व्यर्थ रहेको छ । विभिन्न जिल्लाबाट आउने आगन्तुक पर्यटकहरुको नजरमा समेत इटहरीको परिचय दिन नसक्नु, बढ्दो बजारको व्यवस्थापन गर्न नसक्नु, विकासको नाममा हामीले धेरै काम गरिरेका छौं भनेर जनताका सामुन्ने प्रस्तुत गर्ने काम गरेजस्तो लागको छ । जतिसुकै राम्रो काम गरेतापनि इटहरी चोकको वरिपरी देखिएका समस्याहरुलाई समाधान गर्न नसक्नु भनेको इटहरी उपमहानगरपालिका बसोबास गर्ने जनताका सामुन्ने असफल हुनु हो ।
इटहरी उपमहानगरपालिका प्राय सबै वडाहरुमा समस्याहरु रहेको देखिन्छ । त्यसकारण साना साना समस्याहरुको सम्बोधन गर्न पहल गर्दै, आउने दिनहरुमा इटहरी उपमहानगरपालिकाले देखिएका समस्याहरु तत्काल समाधान गर्न लागिपरोस त्यसगरी सडक योजना कार्यालय र ट्राफिक कार्यालय इटहरीले समेत सरोकारवालाहरुसँग एक आपसमा समन्वय गरी देखिएका समस्याहरुको समाधान छिटो भन्दा छिटो गरोस भन्न चाहन्छौं । यसैमा आम इटहरीबासीहरुको कल्याण हुनेथियो ।