सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका ७ मा सशस्त्र द्वन्द्वको समयमा विच्छाइएको बिष्फोटक पदार्थ फेला परेको छ । सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरीले आफ्नो ब्यारेक आसपास राखेका विस्फोटक पदार्थ हटाई सकेको दाबी गरे पनि बेलाबेला बिष्फोटक पदार्थ फेला पर्ने गरेका छन् ।

शुक्रबार चैनपुर नगरपालिका वडा ७ का स्थानीयहरूले पुरानो शसस्त्र क्याम्पभित्र रहेको सिद्धमन्दिर जाने बाटो खन्ने क्रममा शंकास्पद अवस्थामा फेला परेपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय चैनपुरलाई खबर गरेका थिए । शंकास्पद वस्तु अनुसन्धान गर्दा विष्फोटक पदार्थ नै रहेको पुष्टि भएको प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिङमा शेर्पाले जानकारी दिए ।

दुईवर्ष अघि नै सशस्त्र प्रहरी पहिले बसेको पुरानो क्याम्पबाट सारेर दुईकिलो मिटर टाडा सारिएको छ । तर सशस्त्रको पुरानो ब्यारेक भएको स्थानमा गतवर्ष समेत विष्फोटक पदार्थ आफै पड्किएको थियो ।

बाटो खन्ने क्रममा केही बिष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको २ नम्बर बाहिनी हिलेलाई खबर गरिएको प्रहरी निरीक्षक शेर्पाले बताए । उनले द्वन्द्वकालमा क्याम्पको सुरक्षाका गर्ने सशस्त्र प्रहरीले राखेका बिष्फोटक पदार्थ भेटिएको बताए ।

भेटिएको सो विष्फोटक पदार्थको नेपाली सेनाको २ नं बाहिनीको विशेष टोलिले शनिबार निष्कृय पारेको छ । सो विस्फाक पदार्थ टिएनटि ९त्ल्त्० (बममा प्रयोग गर्ने प्रज्वलनशिल विष्फोटक पदार्थ) भएको समेत प्रमाणित भएको छ ।