धनकुटाः साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।

धरानबाट पाँचथर जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सिरहाको कर्जन्हा नगरपालिका–५ का ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमै मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान दीपक खड्काका अनुसार धरानबाट डिजेल र प्लाइ सामग्री बोकेर पाँचथर जाँदै गरेको सो ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल झरेको थियो ।