धरानः एसियामै नाम कमाएको तर पछिल्लो समय व्यवस्थापनको जिम्मेवारी लिने कर्मचारीहरुका कारण बदनाम कमाईरहेको धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान समस्याग्रस्त अवस्थामै छ ।
यहाँ नेपाल भारतका बिरामीहरु दैनिक रुपमा स्वास्थ्य सेवा लिनका लागि आउने गर्दछन । दैनिक जसो सरदर ३ हजार ५ सयको हाराहारीमा बिभिन्न रोगको उपचारका लागि बिरामी आउने यो प्रतिष्ठान बिभिन्न समयमा बिभिन्न अनियमितता काण्ड र कर्मचारीहरुको आन्दोलनका कारण आलोचित हुँदै आएको छ । पछिल्लो समय बर्षोदेखि प्रतिष्ठानमा कार्यरत डाक्टरहरुको बढुवा नभएपछि दर्जनौ डाक्टरहरुले सामुहिक राजिनामा गरेपछि प्रतिष्ठानमा थप समस्यामा परेको थियो ।
तस्विरमा देखिएको सुन्दर दृश्य झै यो प्रतिष्ठानलाई हरेक दृष्टिले सुन्दर बनाउने हो भने स्वास्थ्य पर्यटनको विकास गरि देशको आर्थिक विकासमा टेवा पुर्याउन सकिने थियो । त्यसका लागि एक निडर, लोभबाट परै बस्ने सक्षम नेतृत्वकर्ताको आवश्यकता देखिएको छ । जसले प्रतिष्ठान भित्रको विकृति, विसंगतीलाई सदाका लागि जरै देखि उखालेर फ्याक्न सकोस यहि कामना छ ।