इटहरीः इटहरी–१९ की ४३ वर्षीया धु्रवदेवी सन्यासी सिरियामा अलपत्र परेको १ वर्ष पूरा भएको छ । उनले सिरियाबाटै आफ्नी आमा सरस्वती सन्यासीमार्फत ज्यान बचाइदिन आग्रह गरेकी छिन् ।

इटहरी २० तरहराका धनबहादुर राईमार्फत् दुबइका लागि हिँडेकी उनी हाल सिरियामा घरेलु कामदारको रूपमा काम गरिरहेकी छिन् । जहाँ आफूले ठूलो मानसिक र शारीरिक यातना भोगिरहेको उनले आमालाई बताएकी छिन् ।
दुबईमा १ हजार २ सय दिराममा काम लगाइदिने भन्दै राईले ध्रुवदेवीलाई सिरिया पु¥याएका हुन् । तिनै राई जसले बारम्बार तरहरा आसपासका महिलालाई यसैगरी विदेश पठाउँदै आएका छन् ।

सामान्य परिवारका राई कुनै व्यापार व्यवसायमा संलग्न छैनन् । उनले काठमाडांैमा भएका एक गुरुङ थरका युवाको सहारामा महिलाहरूलाई विदेश पठाउने काम गर्दै आएका छन् । कुनै पनि आधिकारिक मेनपावरसँग सम्बन्धित नभएका राईले नै युवतीहरूलाई राम्रो देशमा धेरै पैसा कमाउने काममा पठाइदिने भन्दै प्रलोभनमा पार्ने काम गर्दै आएको बताइन्छ ।

राई आफँै विदेशी दाताको पहुँचमा भने छैनन् । तेस्रो व्यक्तिको भूमिकामा रहेर उनी महिलालाई काठमाडौंसम्म पु¥याउने काममा संलग्न देखिन्छन् । ध्रुवदेवीका भाइ जीवन गिरीले दिएको जानकारीका आधारमा धनबहादुर अझै पनि तरहरामै बसिरहेका छन् । तर प्रहरीले उनको खोजीमा कुनै पनि चासो दिएको देखिँदैन । केही दिन अगाडि प्रहरीसमक्ष किटानी जाहेरी दिएको पीडित परिवारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया पाउन सकेको छैन ।

धनबहादुर राईको विषयमा पूर्ण जानकारी हुँदाहुँदै पनि प्रहरीले सुनुवाइ नगरेको पीडित परिवारको गुनासो छ । राई अहिले पनि बेलाबेला फोन सम्पर्कमा आउने गरेको जीवन गिरीको भनाइ छ । उनका अनुसार राईले आफू काठमाडौंमै बसेर ध्रुवदेवीलाई नेपाल फर्काउने काममा प्रयास गरिरहेको बताउँछन् । तर उनी घर आसपासको क्षेत्रमै लुकेर बसेर ठग्ने काम गरिरहेको गिरी बताउँछन् ।

उता, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठ यस विषयको सम्पूर्ण प्रमाणसहित वैदेशिक रोजगार विभागको उद्दार शाखामा पठाइसकिएको बताउँछन् । आफूहरूले पीडक धनबहादुर राईको विषयमा गम्भीर अनुसन्धान गरिरहेकाले अझैसम्म केही पनि हात पार्न नसकिएको उनको भनाइ छ ।