भोजपुरः जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिका–८ बासीखोरामा भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा २ थान भरुवा बन्दुक सहित सोही स्थान बस्ने ३१ वर्षीय प्रवीण राई पक्राउ परेका छन् ।

सादा पोशाकमा खटिएको संयुक्त प्रहरीको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेबेले बताए ।

राईको घरमा खानतलासी गर्ने क्रममा घरमा लुकाइछिपाई राखेको भरुवा बन्दुक १ थान र कटुवा पेस्तोल १ थान बरामद गरिएको डिएसपी थेबेले बताए । पक्राउपछि राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।