इटहरीः मंसिर ५ गते दुहबीका फिदा हुसेनलाई गोली हान्ने दुहबीकै व्यक्ति भएको प्रहरीले बताएको छ । सुनसरी प्रहरीले दिएको जानकारीअनुसार गोली हान्नेमा दुहबी– ९ का जाबिर हुसेन र सकिन हुसेनलाई प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै दुहबी– ८ का रञ्जित मेहता भने फरार रहेका छन् । उनको पनि खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।