इनरुवाः दुहबीका व्यवसायी फिदा हुसेनलाई गोली हान्ने दुहबीकै व्यक्ति रहेका छन् । अहिले इनरुवामा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।

मंसिर ५ गते बिहान श्रीमतीसहित हिँडिरहेका हुसेनमाथि गोली प्रहार भएको थियो । हत्यामा संलग्न दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय सकिम हुसेन र ३१ वर्षीय जाविर हुसेन रहेका छन् ।

त्यस्तै हत्यामा संलग्न भएको भनिएका हतियार लुकाउने जिम्मा लिएका दुहबी नगरपालिका–१२ सीतापुरका ६० वर्षीय विश्वम्भर यादवलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार दुहबी–९ कै जफ्फर मियाँलाई बाँकेबाट पक्राउ गरिएको छ । उनलाई प्रहरीले सुनसरी ल्याउँदै छ ।

तर, कसले गाेलि हानेकाे हाे भन्ने अझै एकिन नभएकाे प्रहरीकाे भनार्इ छ ।

३८ जना प्रहरीको विशेष अनुसन्धानले यो सफलता हात लगाएको एसपी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले विशेष ब्युरो, केन्द्रीय अनुसन्धान टोली, प्रदेश १ र जिल्ला प्रहरीको टोलीले यत्तिका दिनपछि फिदा हुसेन हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।