शब्द÷तस्बिरः बुलेट खतिवडा
माइधारः झापा जिल्लाको प्रसिद्ध स्थल सतासीधाममा आज मकर नुहाउनेको घुइँचो छ । माइधारमा भव्य मकर मेला पनि लागेको छ ।
माघे संक्रान्तिको अवसरमा झापाको माईधारमा मकर मेला लागेको हो । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण हजारौंको सङ्ख्यामा माईधारमा नुहाउने गर्दछन् ।