सङ्खुवासभाः जिल्ला प्रहरीले अखेटोपहर मृगको छाला बरामद गरेको छ । सुराकिको आधारमा ताम्कु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीलेआज स्थानिय उत्तर कुमार राईको घरबाट सो छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राईलाई समेत पक्राउ गरिएको छ भने छाला आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालयलाई पठाइएको जिल्ला प्रहरी कार्यालयका इनिष्पेक्टर रामजी कटुवालल जानकारी दिए । यसैविच संखुवासभा प्रहरीले नै अवैध सालको काठ समेत वरामद गरेको छ । विषेश सुचनाको आधारमा खाँदबारी नगरपालिका वडा नं २ मा रहेको अरुण वेतेनी सामुदायिक वनबाट काठहरु बरामद गरिएको हो ।

प्रहरीले सो सामुदायिक वनबाट करिब २७ किबि काठ वरामद गरी डिभिजन वन कार्यालयमा पठाइएको इनिष्पेक्टर कटुवालले जानकरी दिए । कटुवालका अनुसार काठ सहित ६ जना व्यतिलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी २ का सुवास विक, तिर्थ कमार राई, विशाल राई, विरेन कुमार राई, तारा कुमार राई र सुर्जमान राईलाई काठ सहित रंगेहात प्रकाउ गरिएको संखुवासभा प्रहरीले जानकारी दिएको छ ।