ताप्लेजुङः शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा ताप्लेजुङमा १ जना युवकको ज्यान गएको छ ।
ताप्लेजुङको सबैभन्दा ठूलो फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार बन्दुकको छर्रा लागेर लिम्बूको घटनास्थलमै मृत्यु भएको थियो ।
शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्ँिकदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताए । बन्दुक बोक्ने तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।