झापाः झापाको अर्जुनधारा नगरपालिका–१० कालीझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी २ महिलालाई खुकुरीले प्रहार गरी घाइते बनाई आफूले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले आज बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीया बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पोखरेल आफूले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । घाइते दुवै महिलाको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।