ताप्लेजुङः धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका २ जना युवालाई कारागार चलान गरिएको छ ।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मावा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो । दुवै जनासँग जिल्ला अदालतले जनही १ लाख १० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेकाले उनीहरूलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

उनीहरूले २०७४ भदौ ३१ गते ढुङ्गेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको थियो ।