झापाः छोराको कुटपिटबाट आज अपराह्न्न झापाको दमकमा बाबुको मृत्यु भएको छ ।
दमक नगरपालिका–१ स्थित फाल्गुनन्द चोक बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा झगडा हुँदा छोराको कुटपिटबाट ५८ वर्षीय बाबु राजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घरायसी विवादमा १८ वर्षीय छोरा विशालले बुबा राजनलाई कुटपिट गरेका थिए । कुटपिटबाट बाबुको छाती र टाउकोमा चोट लागेको थियो ।
कुटपीटबाट गम्भीर घाइते घाइते भएका बाबुको लाइफलाइन अस्पतालमा उपचार हुन नसकी विराटनगरस्थित न्यूरो अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार छोरा विशाललाई नियन्त्रणमा लिइएको छ ।