भोजपुरः सुन सफा गरिदिने बहानामा ठगी गर्दै हिँड्ने २ जनालाई भोजपुर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
अघिल्लो महिना सुन सफा गर्ने बहानामा सक्कली सुन लुकाएर नक्कली सुन फिर्ता गर्ने ६ जना भारतीय भोजपुरमा पक्राउ परेका थिए ।
पक्राउ परेका ६ जनामध्ये मुख्य २ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले लवकुश शाह र रमेशकुमार शाहलाई पुर्पक्षका लागि सोमबार कारागार चलान गरेको हो । त्यस्तै, ४ जना भने जनही ३५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।