झापाः झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् ।
हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । ढकालका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत ३ वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।
पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शङ्कास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताए ।