झापाः झण्डै ४ वर्ष अघि पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० हजार र १० तोला सुन लुटेर लगेका थिए ।

सो समयमा डाका समूहले गाउँमा हवाई फायर गर्नुका साथै बमसमेत विष्फोट गराएका थिए । पक्राउ परेका आलमलाई जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले बताए