विराटनगरः बिहान बेलुका सडकमा टिपरको आवागमन रोक्ने कार्य बन्द हुनुपर्नेलगायतका माग राख्दै आज विराटचोकदेखि विराटनगरसम्म निकालिएको टिपर र्यालीलाई मोरङ प्रहरीले विराटनगर प्रवेशमा रोक लगाएको छ ।
टिपर सञ्चालनमा लगाएको रोक खारेजी हुनुपर्ने व्यवसायीको माग छ । त्यस्तै, सोमबार विराटचोकमा बालिका लक्ष्मी ढकालको दुर्घटनामा मृत्यु हुँदा टिपरमा आगो लगाउनेलाई कारवाहीको माग गर्दै व्यवसायीले ३ सय वटा टिपरको र्याली निकालेका हुन् ।
ठूलो सङ्ख्यामा टिपरहरू विराटनगरतर्फ प्रवेश गर्न लागेपछि हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै प्रहरीले विराटनगरतर्फ प्रवेश निषेध गर्ने प्रयास गरिरहेको छ । मोरङ प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठको नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरी टिपरलाई विराटनगर प्रवेशमा रोक लगाइएको बताइएको छ ।
विराटनगरको प्रवेशद्वार टंकिसिनुवारी क्षेत्रमा अहिले ३ सय वटा टिपरले सडक कब्जामा लिएका छन् । जसका कारण सर्वसाधारण यात्रुको बिचल्ली भएको छ ।