इटहरी । इटहरीको मुख्य चोक सडकमा जेब्रा क्रसिंग धमिल्लिएको लामो समय बितिसक्दा समेत सम्बन्धित निकायहरूले पहल नगरेकाले इटहरीका युवाहरूले आफै जेब्राक्रसिङ निर्माणमा अघि बढेका छन् ।

इटहरी आसपास सडकमा बनाइएका जेब्राक्रसिङ देखिन छोडेको धेरै भएको थियो । 'जेब्राक्रसिङ यहाँ छ होला भन्ने अनुमानको भरमा यात्रुहरूले बाटो काट्न बाध्य थिए' नमुना कलेजका सामाजिक कार्य विभागका सदस्य नितेश गौतले भने 'मेटिएको महिनौँ भइसक्दा समेत जिम्मेवार सरकारी निकायले मर्मत सम्भार गरेको थिएन, ट्राफिक व्यवस्थापनमा समेत अस्तव्यस्त भएको देखेर काम सुरु गरेका हौ ।'

इटहरी नमुना कलेजका विद्यार्थीहरूको आयोजनामा ह्याभीट्याड फर ह्युंयनिटि नामक संस्थाको प्राविधिक सहयोग र लियो क्लब इटहरी ग्रिन सिटीको लगायतका संस्थामा आबद्ध स्वयंसेवी युवाहरूको समूहले जेब्राक्रसिंग निर्माण गरेको हो ।

मानिसहरूको बाक्लो उपस्थिति भएको ठाउँमा पैदलयात्रीहरू जहाँबाट मन लाग्यो त्यहीबाट बाटो काट्न बाध्य भएको देखियो' ह्याविट्याट फर ह्युम्यानिटिका युवा परिचालन संयोजक मोहब्बत सर्भरले भने 'दिगो विकासको ११ नम्बर बुँदामा सहरी पूर्वाधार सभ्य हुनु पर्ने भएकाले हामीले त्यसैलाई आधार मानेर काम गरेका हौ ।'

zebra cross nirmaan 3