काठमाण्डौः नेपाली काँग्रेस सुनसरीका सभापति सिजन गुरुङ पक्राउको समाचार सामाजिक सञ्जाल र आम सञ्चारमा भाइरल भएको छ । इटहरीकि एक महिलालाई कुटपिट गरेको र जग्गा हडपेको एक लिखित र दर्जनौँ मौखिक उजुरीका आधारमा पक्राउ परेका गुरुङको समाचार सबैजसो मिडियाले कभरेज गरेका छन ।

कान्तिपुर दैनिकले लेखेको छ, ‘गुरुङ पूर्वमा नाम कहलिएका गुन्डा हुन ।’ प्रदीप मेन्याङ्बोले लेखेको यो न्यूजको शीर्षक जग्गा विवादमा तरुण दलका नेता सिजन गुरुङ पक्राउ रहेको छ ।
यस्तैगरि धरान डेटलाइनमा अनलाइनखबरले पनि सिजन गुरुङ पक्राउ गरेको न्यूज कभरेज गरेको छ । पत्रकारको नाम नहालिएको समाचारमा लेखिएको छ,‘गुरुङलाई गुण्डागर्दीको अरोपमा शुक्रवार प्रहरीले राती पक्राउ गरेको छ ।’

यस्तैगरि, इटहरीका अनलाइन पोर्टलहरु पूर्वीले न्यूजडटकम र न्यूजलय डटकम तथा काठमाण्डौको न्यूज पोर्टल एभरेस्ट दैनिक डटकमले पनि गुरुङ पक्राउको ठुलो कभरेज गरेको छ ।

यता सबै मिमियाहरुमा सिजन गुरुङ पक्राउको समाचार आएपनि धरानको ब्लास्ट दैनिकको अनलाइनमा आएको गुरुङ पक्राउको समाचार भने हटाइएको छ ।

इटहरीको पहिलोकिताब डटकम बाट साभार गरेर हालिएको गुरुङ पक्राउको समाचार केही समयमै हटाइएको एक ब्लास्टखबरकर्मिले बताए । पक्राउको समाचार हाल्नेवित्तिकै हटाइएको ब्लास्ट खबर डटकमले सिजन गुरुङ रिहाइको जुुलुसको धनबहादुर पुरीले लेखेको समाचार भने फोटो फिचर नै गरेको छ ।

20180527_220431 1

कान्तिपुरलिंकः https://www.kantipurdaily.com/pradesh-1/2018/05/26/152732650554731501.html

िअनलाइनखबर लिंकः https://www.onlinekhabar.com/2018/05/681689

न्यूजलय डटकम लिंकः http://www.newslaya.com/2018/05/12931

इभरेस्ट दैनिक डटकम लिंकः http://everestdainik.com/2018/05/184040/

पूर्वेली न्यूज डटकम लिंकः https://purbelinews.com/purbeli-news/%E0%A4%A4%E0%A4%B0%E0%A5%82%E0%A4%A3-%E0%A4%A6%E0%A4%B2%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE-%E0%A4%B8%E0%A4%BF%E0%A4%9C%E0%A4%A8-%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%82%E0%A4%99